बयरको प्रलोभन दिएर बलात्कार प्रयास गर्ने गिरफतार


धनुुषा, ०७६ फागुन १४ गते ।
१५ वर्षीय बालिकामाथि बलात्कार प्रयास गर्ने २७ वर्षीय युवा गुरुदेव दासलाई प्रहरीले गिरफतार गरेको छ । धनुषाकोे शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय दासले फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा घाँस काटि रहेको बालिकालाई बयर दिन्छु भन्दै बोलाएर बलात्कार प्रयास गरेको पिडितको आरोप छ । पिडित बालिकालाई बलात्कार प्रयास भएपछि घटनास्थलबाट भागेर काकीलाई भनेपछि घटना बाहिर आएको थियो ।
घटनालाई गाउँमै मिलापत्र गर्ने भनेर पंजायत भई रहेको वेलामा सुचना पाएका ईलाका प्रहरी कार्यालय यदुकूहाकोले तत्कालै आरोपितलाई छिमेकीको घरमा लुकिछिपी बस्दै आएका दासलाई गिरफतार गरेका थिए । पिडित बालिकाको फागुन ११ गते बेलुका प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परिक्षण गरिएको छ ।
आरोपित विरुद्ध ११ गते इलाका प्रहरी कार्यालय यदुकोहामा परेको उजुरी फागुन १२ गते दर्ता गरि मुद्दा चलाइएको प्रहरी इन्स्पेक्टर दिपक बाबु केसीले जानकारी दिनुभएको छ ।
आरोपित युवक अहिले प्रहरी हिरासतमा यदुकोहामा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको इन्स्पेक्टर केसीले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार