धनुषामा सामुहिक बलात्कार घटनाका आरोेपित गिरफतार


धनुषा, ०७६ फागुन १४ गते ।
धनुषामा ११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरी धनुषाले एक जना आरोपितलाई गिरफतार गरेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.३ गजरियामा बलात्कार गर्ने ३२ वर्षीय श्रीकिसुन दासलाई प्रहरीले गिरफतार गरेको हो । बलात्कार आरोपित २२ वर्षीय अनिल ठाकुर फरार रहेकाले खोजी भई रहेको छ ।
बालिका घरभन्दा ४ सय मिटर पर खेतमा घाँस काटि रहेको वेला फागुन १० गते आरोपितद्धयले बलात्कार गर्दै फोटो खिचेका थिए । फागुन १० गते बालिका घाँस काट्न खेतमा गएको वेला आरोपितद्धयले बलात्कार गरेको पिडितले जनाएको छ । पिडितले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी फागुन १२ गते दर्ता भएको छ । पिडितकोे प्रादेशिक अस्पताल जनकपुरस्थितमा फागुन ११ गते स्वास्थ्य परिक्षण गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार