रेल्वेको प्रतिक्षामा जनकपुरवासी, सरकारले असारबाट संचालन गर्ने तयारीमा


धनुषा,०७६ फागुन १५ गते ।
६ वर्षदेखि पूर्ण रुपमा बन्द भएको नेपालको एक मात्र रेल्वेको पुनः संचालनको प्रतिक्षामा जनकपुरवासी डेढ वर्षदेखि प्रतिक्षारत रहेका छन् । कहिले विवाहपञ्चमीदेखि संचालन हुने, नयाँ साल जनवरीदेखि संचालन हुने, कहिले चाँडै संचालन हुन लागेको खवर कहिले रेल संचालन हुने सपना देखि रहेका जनकपुरवासीको सपना चाँडै पुरा हुने आशा पलाएको छ । नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारी गरि रहेको छ ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी गरेको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताएका छन् । रेल विभागले रेल संचालनका लागि ९ पदका लागि २६ जनाको लागि विज्ञापन समेत गरि सकेकाले चाँडै रेल संचालनमा आउने सम्भावना बढेको छ ।
रेल विभागले माग गरेको कर्मचारीको योग्यता नेपालीमा नदेखिएकाले गर्दा चाँडै विभागले विदेशी कर्मचारीको लागि पनि सूचना जारी गर्ने तयारी गरेको छ । रेल संचालन गर्न हाल करिब २ सय जनशक्तिको अभाव भए पनि पहिलो चरणमा विभागले २६ जनाको मात्रै माग गरिएको जानकारी दिएको छ । अन्य कर्मचारीको लागि समेत चाँडै विज्ञापन गरिने महानिर्देशक मिश्रले बताए ।
नेपालले भारतीय कम्पनीसंग रेलको दुई इन्जिनलगायतको डब्बा खरिद गरि सकेको छ । रेल बनाउने भारतीय कम्पनीले नेपालको लागि रेल निमार्ण गरि सकेकाले गर्दा प्राविधिक समस्याले गर्दा रेल नेपाल आउन सकेको छैन् । नेपाल रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउने तयारी गरेको छ ।

धेरै पढिएको

ताजा समाचार