मिथिला नपामा १५ सदस्यीय मानवअधिकार समुह गठन

धनुषा, मङ्सिर १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तगर्त वडा नं.६ का वडा सदस्य सिताराम महतोको अध्यक्षतामा १५ सदस्यीय मानवअधिकार समुह गठन गरिएको छ ।

गठित मानवअधिकार समुहको अध्यक्षमा वडा नं. ६ का वडासदस्य सिताराम महतो, उपाध्यक्ष वडा नं. ५ बाट सुनिता महतो, सचिवमा नन्दकुमार महतो, सह सचिवमा रामचन्द्र महतो र कोषाध्यक्षमा रिता योञ्जनलाई सर्वसम्मत चयन गरिएको छ । समुहको सदस्यहरुमा कल्पना गजमेर, रामपुकार महतो, रामकुमार पूर्वे, अनिता परियार, भरतराज खड्का, फूलमाया सुनार, राखा देवी ठाकुर, सुनिता लोहनी, रमिता देवी महतो र रेखा देवी महरालाई चयन गरिएको छ ।

समुहको संरक्षणकर्ताको रुपमा मिथिलानगरपालिकाका प्रमुख (मेयर) हरिनायण महतो र उपप्रमुख तारा लामा बस्नेतलाई चयन गरिएको छ । अध्यक्ष, उपमेयर लामाले नेपालको कानुनले दिएको अधिकारको सम्बन्धमा स्थानीय नागरिकम समुह गठन पश्चात समुहका अध्यक्ष सिताराम महतोले आफनो समाजलाई नपाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका क्षेत्रमा देखिएको समस्या र चुनौतीबारेमा आफुहरुले नगरका सम्बन्धित सरोकारवालासंग समन्वय गरि समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्र्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा मिथिला नपाका प्रमुख हरिनारायण महतोले नगरभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा रहेका समस्याहरुलाई केलाएर नगरपालिकासंग समन्वय गर्दै समाधानको प्रयासमा लाग्नु हुन आग्रह गर्नुभयो । स्थानिय सरकारसंग भएको अधिकार र उपलब्ध साधन स्रोतले भ्याएसम्म आफुहरुले समेत समुहका पदाधिकारी तथा सदस्यहरुलाई क्षमता अभिवृद्धिको लागि पहल गर्ने बताउनुभयो ।

समुह गठन कार्यक्रममा मिथिला नपाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारी, शिक्षा शाखाका सहायक जितेन्द्रप्रसाद शर्मा, महिला तथा बालिका शाखा प्रमुख निलमदेवी श्रीवास्तवले समुहका पदाधिकारीहरुलाई सामाजिक काम र मानवअधिकार रक्षाको लागि काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह र कार्यक्रम सहजकर्ता संजिव पासवानले सहजीकरण गर्नुभएको छ ।

दिपेन्द्रप्रसाद सिंह
फोटो क्याप्सन :
१.मानवअधिकार समुहलाई शुभकामना दिदै मिथिला नपाका मेयर हरिनारायण महतो
२.समुह गठन कार्यक्रममा उपस्थित सहभागिहरु
फोटो : दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार