
धनुषा,०७६ फागुन १६ गते
विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिलाको लोकप्रिय महाकुम्भ १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक टोली शुक्रबार महोत्तरीको मडैमा आईपुगेको छ । झाँकि, भजन किर्तन, बाजागाजा सहित प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा शुरु भएको मिथिला माध्मिकि परिक्रमाका यात्रुहरु हनुमान नगर,भारतको कलाणेश्वर,गिरिजा स्थान,मटिहानी,जलेश्वर हुदैँ शुक्रबार महोत्तरीको मडै आईपुगेको छ ।
परिक्रममा रहेकाहरुलाई प्रदेश २ का समाजीक बिकास राज्यमन्त्री अभिराम शार्मा,प्रदेश साँसद सुरीता साह,महोत्तरीगाउँपालिका प्रमुख सुनील कुमार राय,स्थानीय प्रशासन, राजनैतिककर्मि, तथा स्थानीय बासीन्दाहरुले मिथिला परम्पराअनुसार पुजापाठ गरि भब्य स्वागत गरेका थिए । भने समृद्धि बिकास समाज नामक संस्था द्धारा परिक्रमा यात्रीहरुलाई स्वागत स्वरुप सरबत बितरण गरिएको थियो ।
तत्पश्चात परिक्रमा शनीबार धु्रबकुण्ड प्रस्थान गर्नेछ । परिक्रमामा सहभागीहरु क्रमश : आईतबार कञ्चनबन, हुदैँ क्रमशः धनुषाको पर्बता ,धनुषाधाम, सतोषर, औरहिमा राती बिश्राम गरि पुनः भारतको बिशौल,करुणा हुदैँ पूणिमाको अघिल्लो रात जनकपुर फर्कने कार्यक्रम रहेको छ ।
सुख समृद्धि र शान्ती तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने बिश्वासका साथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनबिश्वास रहेको छ ।मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको मिथिला परिक्रममा सहभागीहरु नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर अर्थात नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्री बास गरेर बिहानै यात्रा प्रारम्भ गर्ने चलन छ ।
१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठुलो संख्यामा साधुसन्त ,नागाबाबा,सन्यासी र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।मिथिला महात्म अनुशार अठारौँ शताब्दि देखि माध्यमिकी परिक्रमाको रुपमा मनाईदैँ आएको यस धर्मयात्राका सहयात्रीले रात्री भजनकिर्तन गरी १५ दिन बिताउने र पूणिमाका दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिबसीय यात्रा समपन्न गरिने गरेका छन् ।