महोत्तरीमा गोली चल्यो,एक वृद्ध घाइते


धनुषा, ०७६ फागुन १८ गते ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–३ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि राति गोली प्रहार भएको छ ।
राति २ बजेतर्फ शौचालय घरबाहिर निस्केको बेला अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।
यादवको छातीमा गोली प्रहारले घाइते भएका उनको जनकपुरस्थित जानकी हेल्ग केयर एण्ड रिसर्च सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ । अहिले यादवको अवस्था सुधारोन्मुख भएको अस्पताल स्रोतले जनाएको छ ।
गोली कसले र किन प्रहार गरेको बारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार