
धनुषा, ०७६ फागुन १८ गते ।
संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्री योगेश भटटराईले ऐतिहासिक तथा धार्मिक स्थल कञ्चनवनको एकिकृत विकासको योजना लिएर संघिय सरकारमा आफु कहाँ आउन स्थानिय सरकारलाई आदेश गरेका छन् । मिथिला माध्यमिकी परिक्रमा ऐतिहासिक धार्मिक पदयात्राको क्रममा कञ्चनवनको विश्रामस्थल निकै नै महत्वपूर्ण र विशेष भएकाले गर्दा पर्यटकिय दृष्टिकोणले यहाँको विकास हुन जरुरी रहेको मन्त्रि भटराइको धारणा रहेको छ ।
कञ्चनवनमा आयोजित होली महोत्सव कार्यक्रममा भटटराईले कञ्चनवनको विकास गरिनुपर्नेमा जोड दिएका छन् । ‘१५ दिने मिथिला माध्यमिकी परिक्रमा नेपाल र भारत दुवै देशका लागि ऐतिहासिक भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार र संघ सरकार मिलेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
मन्त्रि भटटराइले कञ्चनवनलाई पर्यटकीय रुपमा चौतर्फी विकासको लागि आवश्यक भौतिक पूर्वाधार निमार्णको लागि बजेट छुटयाउने प्रतिबद्धता समेत जनाएका छन् । देशको विकास र समृद्धिका लागि पर्यटकिय स्थलहरुको विकासमा जोड दिनुपर्नेमा जोड दिदै यस्ता स्थलहरुको अवलोकन भ्रमणको लागि विदेशी पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने बताए । मन्त्री भट्टराईले प्रदेश २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोचमा आफु रहेको बताए ।