भब्य स्वागतका साथ पर्वताबाट परिक्रमावासी धनुषाधाम जादै


धनुषा, ०७६ फागुन २० गते ।
१५ दिने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मिथिला माध्यमिकी परिक्रमावासी आज धनुषाधाम जादैछ । धनुषाधाममा परिक्रमावासीलाई स्थानियबासिन्दाहरुले भब्य स्वागतको कार्यक्रम तय गरेको छ । परिक्रमावासीहरुको स्वागत, सत्कार, खान, बस्नेलगायतको व्यवस्थापन धनुष मंदिरलगायत विद्यालयलगायत धन्ुषाधामको जंगलमा यात्रीहरु बस्ने गरेका छन् ।
यता, धनुषाको महेन्द्रनगरमा परिक्रमावासीलाई भब्य स्वागत गरिएको छ । स्थानियवासिन्दाहरुले पर्वता विश्रामको लागी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर मन्दिरको दर्शन गरी जाने क्रममा महेन्द्रनगरवासिहरुले परिक्रमावासीहरुलाई भव्य स्वागत गरेका छन् ।
परिक्रमावासीका लागि स्थानियवासिन्दाहरुले दहीच्युरा, बुनिया, तरकारी, पुरी, लगायत निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार