जनकपुरमा चैत्र ३ देखि निःशुल्क खुट्टा बनाइने


धनुषा, ०७६ फागुन २० गते ।
जनकपुरमा चैत्र ३ गतेबाट निःशुल्क खुट्टा वितरण हुने भएको छ । तराई मधेश राष्ट्रिय परिषदको आयोजनामा शारिरिक रुपमा अशक्त गरिव, दलित, अल्पसंख्यक, मधेस आन्दोलनमा घाइते, दुर्घटनामा परेका वा अन्य कुनै कारणले आफ्नो खुट्टा गुमाएका व्यक्तिहरुलाई कृत्रिम खुट्टा निःशुल्क बनाइने भएको छ । समाजसेवी सरोज रायको समन्वयमा प्रदेश २ मा निःशुल्क खुट्टाको लागि आवेदन माग गरिएको छ ।
कृत्रिम खुट्टा बनाएपछि उनीहरुले आफनो दैनिक जीवनयापनका लागि दैनिक रुपमा कामकाज गर्न सक्ने भएको छ । जनकपुरमा चैत्र ३ गतेबाट आयोजना हुने कृतिम खुट्टा निमार्णमा १२० देखि १५० जनाले निःशुल्क खुट्टा पाउने भएका छन् ।

धेरै पढिएको

ताजा समाचार