सहिदनगरद्वारा प्रहरीलाई २ मोटरसाइकल प्रदान

धनुषा, फागुन २१ गते ।

धनुषाको सहिदनगर नगरपालिकाले नगरको सुरक्षा व्यवस्थापनको लागि प्रहरीलाई दुईवटा मोटरसाइकल प्रदान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १–१ वटा मोटरसाइकल नगरप्रमुख उदयकुमार बरबरियाले प्रदान गरेका हुन् ।

नगरपालिकाको कोषबाट नगरको शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न र चाहेकै बेला प्रहरी प्रशासन सम्बन्धित ठाउँ पुग्न प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको नगरप्रमुख बरबरियाले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगणमा मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा लगायतो उपस्थितिमा नगरप्रमुख बरबरियाले मोटरसाइकल हस्तान्तरण गरेका हुन्

धेरै पढिएको

ताजा समाचार