
दिपेन्द्रप्रसाद सिंह
धनुुषा, ०७६ फागुन २३ गते ।
नेपाल खेलकुद परिषदले प्रतिवद्र्धता गरेअनुसारको १० लाख क्षतिपूर्ति उपलब्ध नगराएको पिडित सोभित राउतले गुनासो गर्नुभएको छ । जनकपुरधाम उपनपा–१३ पिडारीगाउँको कर्वडमा हलमा मंसिर २० गते शक्तिशालि पटका बम विस्फोटमा परेर गम्भिर घाइते भएका १० वर्षीय आलोक राउतको उपचारको क्रममा मंसिर २४ गते सुनसरीस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको क्रममा खुशीयालीको क्रममा शक्तिशालि पटका बम विस्फोट गराएको थियो । फुटन नसकेको पटका बम राउतले घरमा लगेर खेलाउने क्रममा विस्फोट भएर गम्भिर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो ।
परिषदले गरेको प्रतिवद्र्धताअनुसार सोभित राउतलाई परिषदले उपलब्ध गराउने भनिएको रकमको लागि कहिले जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकारलगायत, खेलकुद विकास समिती धनुषालगायतको सम्बन्धित सरोकारवाला निकायमा पटक पटक गुहार गरेपनि ३ महिनासम्म राहत नआएपछि निराश भएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा राहत रकमकै लागि आएका सोभित राउतले भन सरकारले छोराको ज्यान पनि लिएपछि राहत दिने भनेर अहिले चारैतिर भौतारिदै गर्दा समेत कुनै अत्तोपत्तो छैन् ।
नेपाल खेलकुद परिषदले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र परिवारका एक सदस्यलाई जागिर दिने प्रतिवद्धता गरेको थियो । खेलकुद विकास समिती धनुषाका कार्यालय प्रमुख विनोद सिंहका अनुसार परिषदबाट तत्काल ५ लाख राहत पठाउने तयारीमा रहेको छ । राहत आउने वितिकै हामीले पिडित परिवारलाई हस्तान्तरण गर्नेछौं । अहिले तत्काल मृतक बालक आलोकका वुवा सोभित राउतलाई खेलकुद विकास समितीमा कार्यालय सहयोगीमा जागिर दिएको बताउनुभयो ।