प्रदेश २ सरकारले विपन्न परिवारका छोरीलाई मासिक ५ सय दिने गरे निर्णय


धनुषा,०७६ फागुन २३ गते ।
प्रदेश २ सरकारको फागुन २३ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेश २ मा कक्षा १ देखि ८ सम्मका विपन्न दलित एवं मुस्लिम छात्रालाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने, प्रदेश २ को प्रत्येक जिल्लामा एक सय दलित आबास भवन निर्माण गर्ने, प्रदेश २ सरकारको मन्त्रालय तथा आबास रहेको जनकपुरको मधेश भवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रण छापाखाना निर्माण गर्ने लगायतको प्रदेश सरकारमार्फत हुने कामहरुको अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०७६ लाई स्वीकृति दिएको छ ।
प्रदेश सरकारका प्रवत्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरु हुने दलित आबास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइने समेत बैठकले निर्णय गरेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार