मास्क वितरण गर्दै पुष्पवृष्टि गरि मिनापले महामुर्ख सम्मेलन गर्ने


धनुषा, ०७६ फागुन २४ गते ।
जनकपुरधाममा मिथिला नाटय कला परिषदले आयोजना गर्दै आएको दुई दिवसीय महामूर्ख सम्मेलन आइतवार र सोमवार आयोजना गरिने भएको छ । विश्वभर कोरोना भाइरसका संक्रमण फैलिदै गर्दा सरकारले रंग,अविर नलेख्न आग्रह गरेकाले गर्दा यस वर्ष फरक तरिकाले महामूर्ख सम्मेलन आयोजना गरिने मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका छन् ।
महामूर्ख सम्मेलनको अवसरमा आइतवार होरी महोत्सव र सोमवार महामुर्ख सम्मेलनमा मिनापले मास्क वितरण गर्ने बताएका छन् । रंग,अविरको प्रयोग नगरि पुष्पवृष्टि गर्ने आयोजक संस्था मिनापले तयारी गरेको छ । जानकी मंदिरमा आयोजना गरिने कार्यक्रम दिनको १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
मिथिला नाटयकला परिषदले आयोजना गर्दै आएको महामुर्ख सम्मेलनको उपाधि दिदै आएको छ । यस वर्षको महामूर्खको उपाधि पाउने सुचीमा पूर्वउपप्रधानमन्त्रि विमलेन्द्र निधी र प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतलगायतको नाम रहेको छ । अहिलेसम्म आयोजकले महामूर्खको उपाधिबारे आधिकारिक निर्णय नगरेको आयोजकले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार