
मलंगवा, फागुन २५ गते ।
सर्लाहीमा आफैले आफनै घाँटीमा गोली प्रहार गरि आत्महत्या प्रयास गरिएको छ । ड्युटीमा खटिरहेका सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आनन्द मिश्राले गोली प्रहार गरि आत्महत्या प्रयास गरेका हुन् ।
प्रहरी जवान मिश्राले आफैंले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी होनेको सलार्हीका ासशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताएका छन् ।
सो गोली प्रहारबाट प्रहरी जवान मिश्रा गम्भीर घाइते भएका छन् । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताएका छन् ।