मन्त्रालय भवन परिसरमा प्लाष्टिक झोला प्रतिबन्ध

जनकपुरधाम, मंसिर १९ गते ।
प्रदेश २ मा रहेको मन्त्रालयहरुको भवन परिसरमा प्लाष्टिकजन्य झोला, व्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाइएको छ । वातावरण र सौन्दर्यतामा प्रभाव पार्ने भएकाले यो प्रतिवन्ध लगाइएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, ५ वटा मन्त्रालय, निति आयोग, महान्यधिवक्ताको कार्यालयका अतिरिक्त क्वाटरहरु पनि रहेको छ । सो परिसरलाई प्रदेश सरकारले मधेश भवन नाम दिएका थिए । शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने नकुहिने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणलाई प्रदुषित बनाएकोले यो रोक्न प्रदेशले चालेको कदमको प्रशंसा भइरहेको छ । मन्त्रालयको निमित सचिव स्तरीय सो निर्णय गरिएको छ । प्रदेश सांसद रामअशिष यादवले यसलाई स्वागत गरेका छन् । साथै कार्यान्वयनका लागि चाँडै पहल गर्न आग्रह गरेका छन् । मानव सभ्यताकालागि प्लाष्टिकजन्य झोला, व्याग, ग्लास र प्लेट खतरनाक रहेको उँहाले बताउनुभयो ।

एक अध्ययनअनुसार उत्पादित प्लाष्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले तह लगाइन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरको चोक, गल्ली र बाटामा छरपस्ट छरिएर रहेको देख्न सकिन्छ । नेपालभरि वर्षमा ५६ लाख प्लाष्टिकको फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्दछ तर त्यसमध्ये लगभग आधा प्लाष्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन एक सर्वले देखाएको छ ।

जसको परीणामस्वरूप हाम्रा नदीहरूको पर्यावरण दिनानुदिन गम्भीररूपबाट विषाक्त हुँदै गइराखेका छन् । वास्तवमा प्लाष्टिकको फोहोरले एक्लै नेपाल मात्र पीडित छैन बरु यो एउटा विश्वकै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्रसंघको तथ्यांकले यसको विभीषिका वर्णन गर्दछ । सम्पूर्ण विश्वमा प्रतिवर्ष दश खर्ब प्लाष्टिक झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याँकिन्छन् ।

वास्तवमा प्लाष्टिकजन्य फोहोर धेरै जटिल हुन्छ र यो कहिले पनि नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण लगभग एक लाखभन्दा बढी दुर्लभ समुन्द्री जीव प्रतिवर्ष मारिन्छन । १० लाखभन्दा बढी समुद्री पन्छीले आफ्नो ज्यान गुमाउँछन् । प्रत्येक वर्गमाइलमा कुल ६० हजारभन्दा बढी प्लाष्टिक झोला हरसमय तैरिराखेको हुन्छन् ।

जुन प्लाष्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ । त्यसमा हजारौँ रूपैयाँ प्रतिटन खर्च लाग्दछ । जुन त्यस्को वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाइक्लिङ हुन्छ पनि त्यस्को कुनै ठूलो लाभ पर्यावरणलाई प्राप्त हुँदैन । सयो गायर मात्र महानगरमा होइन बरु हाम्रो शरीरमा प्रवेश गरिसकेको छ । एक अध्ययनअनुसार बिसफेनोल जसबाट प्लाष्टिक बन्छ । प्रत्येक केटाकेटी, युवा, वृद्धको शरीरमा पाइन्छ । मन्त्रालयका एक अधिकारीका अनुसार विस्तारै यो अभियानलाई प्रदेशभरी लागुगरिने सोच रहेको छ ।

धेरै पढिएको

ताजा समाचार