
धनुषा, ०७६ फागुन २५ गते ।
१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओरेक नेपाल धनुषा शाखाले ५ जना महिला अधिकारकर्मीलाई सम्मान गरेका छन् ।
महिला अधिकारकर्मीहरुको रुपमा वर्षौदेखि विना स्वार्थ खटिदै आएकी राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का मानवअधिकृत रेखा दत्त, महिला मानवअधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झा, महिला अधिकारकर्मी जमुना भुजेल, मिना केसीलगायत ओरेक नेपाल धनुषा शाखाका कार्यालय सहयोगी रामवती देवी दनुवारको कामको उच्च मूल्यांकन गर्दै ओरेक नेपालले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

महिला मानवअधिकारको क्षेत्रमा निस्वार्थमा रुपमा संजालमार्फत धनुषामा हक अधिकारका लागि काम गर्दै आएकोले उहाँहरुको मेहनत,लगावलाई कदर गर्दै अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान गरेको कार्यक्रम अधिकृत विना सिंहले जानकारी दिएकी छिन् । दिवसको अवसरमा ओरेक नेपाल धनुषामा हिन्दुहरुको महान चाड होली मिलनको समारोहको आयोजना समेत गरिएको छ ।