हर्षोउल्लासपूर्वक अन्तरगृह परिक्रमा सम्पन्न हुदै


धनुषा, ०७६ फागुन २६ गते ।
मिथिलाको महान १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमवार विधिवत रुपमा सम्पन्न हुदैछ मिथिला विहारी नपा ३ को कचुरीस्थित रामजानकी मठबाट सुरु भएको परिक्रमावासीमा सहभागि श्रद्धालुभक्तजनहरु सोमबार जनकपुरमा अन्तरगृह परिक्रमा गरेको छ । सोमवार एकाविहानैदेखि परिक्रमामा सहभागि श्रद्धालुभक्तजनहरुले ५ पञ्चकोशी अन्तरगृह परिक्रममा गरेको छ ।
पञ्चकोशी अन्तरगृह परिक्रमा सम्पन्न भएलगतै विभिन्न मठ मंदिरबाट ल्याइएको भगवानको प्रतिमासहितको डोला मंदिरमा प्रवेश गराउने गरिन्छ ।
१५ दिने परिक्रममामा श्रद्धालुभक्तजनहरु कचुरीबाट जनकपुरधाम उपमहानगरपालिका १२ रामपुरस्थित हनुमान नगर, भारत विहारको कल्यानेश्वर, फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै , धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा (भारत), विसौल (भारत) हुदै जनकपुरधाममा आएर अन्तरगृहपरिक्रमा गरिन्छ ।
पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।
नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौको संख्यामा श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।

धेरै पढिएको

ताजा समाचार