
धनुषा, ०७६ फागुन ३० गते ।
जनकपुरधाम उपमहानगरपालिका –७ पेठियाबजारमा २५ वर्षीय युवतीको लास पोखरीमा तैरि रहेको अवस्थामा फेलामा परेको छ । स्थानियबासिन्दाका अनुसार जनकपुरको पेठिया बजारस्थित नेपाल टेलिकमको अफिस नजिकै कपडा पसल सँचालन गर्दै आएकी २५ वर्षीया २५ की रोशनी खातुनको लास रहेको बताएका छन् ।
खातुनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको मुचुल्का गरि रहेकाा छन् । लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भई रहेको छ ।
जनकपुरको पेठिया बजार नजिकै रहेको पोखरीको पश्चिमी डिलमा पानी भित्रै उनको लास देखिएको छ । युवति अन्दाजी वर्ष २५ की रोशनी खातुन रहेको स्थानीयवासीहरुले जनाएका छन् ।