जनकपुर विमानस्थलमा कोरोना हेल्प डेष्कको स्थापना


धनुषा, ०७६ फागुन ३० गते ।
छिमेकी देश चिनबाट सुरु भई विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरसको प्रभावबाट बच्नका लागि जनकपुर विमानथलमा जनकपुरधाम उपमहानगरपालिकाले हेल्प डेष्क स्थापना गरेको छ । फागुन ३० गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको विशेष उपस्थितीमा जनकपुर विमानस्थलमा हेल्प डेष्कको स्थापना गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले २ सिफटमा ४ जना कर्मचारी राखेर हेल्प डेष्कको स्थापना गरेको छ । सामाजिक विकास मन्त्रालले हेल्प डेष्कका लागि आवश्यक उपकरण प्रदान गरेको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक प्रमोद यादवले जानकारी दिनुभयो ।
तत्काल हेल्प डेष्कमा जनकपुरबाट बाहिर जाने र जनकपुर आउने यात्रुहरुलाई लक्षित गरेर इन्थ्राजेट थर्मामिटरमार्फत चेकजाँचको व्यवस्थापन गरिएको डा। यादवले जानकारी दिनुभयो । कारोना भाइरसका सङक्रमण हुन नदिन जनचेतनामुलक जानकारीको साथै सङ्क्रमित भेटिए तत्कालै उपचार गर्न हेल्प डेस्क स्थापना गरिएको डा। यादवले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार