
फागुन ३० गते ।
भौतिक पूर्वाधार मन्त्रि बसन्त नेम्वाङ्ग शुक्रवार जनकपुर जयनगर रेल्वेमार्गको निरिक्षण गरेका छन् । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्म निमाणाधिन रेल्वेमार्गको पहिलो चरणमा जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटर दुरीमा रेल्वे संचालनको लागि रेलमार्गको सम्पूर्ण कार्य पुरा भएको छ ।
रेलमार्गको निरिक्षण गर्दै भौतिक पूर्वाधार मन्त्रि नेम्वाङ्गले यसै आर्थिक वर्षभित्र रेल्वे संचालनमा आउने दावि गरेका छन् ।
मन्त्रि नेम्वाङ्गले पहिलो चरणमा जनकपुरसम्मको रेलमार्ग निमाण सम्पन्न भई सकेकाले गर्दा विदेशी कर्मचारी भएपनि ल्याएर रेल्वे संचालन गरिने बताए । मन्त्री नेम्वाङका अनुसार रेल्वे संचालन गर्न ७ जनाको प्राविधिक टोली भारतबाट ल्याइने बताए ।
सुरुमा भारतीय प्राविधिकहरुबाट सुरु गरिने र पछि नेपाली कर्मचारीहरु दक्ष भएपनि भारतीय टोली फिर्ता हुने मन्त्रिले बताए । े
‘ मन्त्री नेम्वाङ्गसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र, प्रदेश सांसद रामचन्द्र मण्डल, नेकपाका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो ।