धनुषामा मदिराले फेरि लियो एकको ज्यान


धनुषा, ०७६ चैत्र २ गते ।
विषादयुक्त अवैध मदिरा सेवनले धनुषामा पुनः एक जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नपा १ रमदैया बस्ने ४२ वर्षीय रामबहादुर यादव चैत्र १ गते विरामी भई दिउँसो २ बजे जानकी मेडिकल कलेज रमदैयामा भर्ना भएका थिए । मदिरा सेवनले विरामी भएका उनको जानकी मेडिकल रमदैयामा उपचार सम्भव नभएको भन्दै जनकपुरको ब्रह्मपुरीस्थित मेडिकलकै सिटी हस्पिटलमा रेफर गरिएको थियो ।
सिटि हस्पिटलमा विहान ३ बजे रामबहादुर यादवको मृत्यु भएको बारेमा ६ बजे जानकारी दिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु नायकले जानकारी दिनुभयो । यादवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार