कोरोनाको त्रासले नेपाल भारतमैत्री बस सेवा अवरुद्ध


धनुषा, ०७६ चैत्र ३ गते ।
कोरोना भाइरसको त्रासका कारण नेपाल भारतमैत्री बस सेवा अवरुद्ध भएको छ । प्रदेश २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्दै आएको बस सेवा कोरोना भाइरसको कारणले बस सेवा बन्द भएको हो ।
कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा सोमवारदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।
दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा को जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार