प्रदेश २ लाई घरेलु मदिरामुक्त प्रदेश घोषणा गर्न सदनमा प्रस्ताव दर्ता


धनुषा, ०७६ चैत्र ४ गते ।
प्रदेश २ लाई घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउन माग प्रदेशसभामा सांसद शत्रुधन महतोले फागुन ३ गते प्रस्ताव दर्ता गराउनुभएको छ । प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपाका प्रदेश सांसद शत्रुधन महतोले प्रदेश २ मा घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा प्रदेश सरकारले रोक लगाउनु पर्ने माग गर्दै सांसद महतोले प्रस्ताव पेश गर्नु भएको हो ।
प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम ७१ बमोजिम सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको हो । दर्ता गरिएकोा प्रस्तावमा समाजवादी पार्टीका संसदीय दलका सचेतक शैलेन्द्र यादव र राजपा पार्टी संसदीय दलका सचेतक परमेश्वर साहले समर्थनले जनाउनुभएको छ ।
प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको बैठकमा बोल्ने अधिकांश सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरुले सांसद महतोले दर्ता गराउनुभएको सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन जनाउँदै घरेलु खुल्ला मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाउन प्रदेश सरकारको तर्फबाट सदनमा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले खुल्ला मदिरा उत्पादन र विक्री वितरणमा रोक्न प्रहरी प्रमुखसंग छलफल गर्ने बताउनुभएको थियो ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार