
धनुषा, चैत्र ७ गते ।
जनकपुरधाम उपमहानगरपालिका –२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदाको अवस्था निकै नाजुक रहेको छ । ज्येष्ठ नागरिक सदा दम्पत्तिको हेरचाह गर्ने कोही नरहेकाले गर्दा उहाँहरुको दैनिकी निकै कष्ठपूर्ण रहेको पिडित ठकवा सदाले बताउनुभयो ।
६२ वर्षीया श्रीमती कमधीया देवी सदा १० वर्षदेखि विरामी भई अढाई वर्षदेखि हिड्डुल समेत गर्न नसक्ने अवस्थामा रहेकाले गर्दा घरपरिवार चलाउन निकै समस्या भई रहेको ठकवा सदाले बताउनुभयो ।
उहाँले श्रीमतीलाई एक्लै उचालेर हिड्डुल, उठबसको साथै सरसफाई गरि राख्न समेत निकै समस्या भई रहेकाले ह्वील चेयरको लागि सहयोग गराई दिनुहुन इन्सेक प्रदेश २ कार्यालयमा चैत्र ६ गते निवेदन दिनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह