जनकपुरमा माक्स र सेनिटाइजर कालोबजारी गर्ने ४ पक्राउ


धनुषा, ०७६ चैत्र ९ गते ।
जनकपुरमा माक्स र सेनिटाइजरको अभाव रहेको स्थानिय प्रशासनमा गुनासो बढेपछि बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले पसलहरुमा अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा पसलमा माक्स र सेनिटाइजर हुँदा हुँदै छैन् भनेर लुकाएर राखेका ४ जनालाई टोलीले पक्राउ गरेको छ ।


टोलीले जनकपुरका सुस्मिता मेडिकलबाट जिल्ला सर्लाही बरहथवा नपा–८ वस्ने संजय साहलाई माक्सको कालो बजारी गरि रहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।


जनकपुरको भमरपुराचोकस्थित अटल फार्मेसीबाट जि.धनुषा लक्ष्मीनिया गा.पा. ३ वस्ने वर्ष २६ को अनिल यादव र जिल्ला महोत्तरी जलेश्वर न.पा. ६ वस्ने वर्ष ३० को प्रभन्स चौधरी समेतलाई सेनिटाउजरको कालोबजारी गरि रहेको अवस्थामा पक्राउ गरिएको छ ।


टोलीले सम्पूर्ण मेडिकलबाट जनकपुर ४ बस्ने ३२ वर्षीय संजय साहलाई माक्सको कालो बजारी गरि रहेको अवस्थामा पक्राउ गरिएको बजार अनुगमन टोलीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भई रहेको छ ।

धेरै पढिएको

ताजा समाचार