लक डाउन अवज्ञा गर्ने ६६ जना पक्राउ

धनुषा, ०७६ चैत १३ गते ।
देशभर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जारी गरेको लकडाउनको अवज्ञा गर्ने ६६ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १३ गते गिरफतार गरेको छ ।


संघिय सरकारले जारी गरेको लक डाउन तथा कर्फ्युको अवज्ञा गर्ने मानिसहरुलाई जिल्ला सुरक्षा समितिले एक सय जरिवाना लिर्न लगाएर छोडेका छन् ।


धनुषमा चैत १३ गते लक डाउनको अवज्ञा गर्ने २३ वटा सवारी साधन नियन्त्रणमा लिएका छन् । प्रहरीले १ थान बस, २० थान मोटरसाइकल, २ थान अटो रिक्सा गरि २३ थान सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारवार्हीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको निगरानीमा राखिएको छ ।

धेरै पढिएको

ताजा समाचार