हाम्रो सुरक्षार्थ खटिएका प्रहरीलाई समाजसेवी साहले पानी पिलाउँदै

धनुषा, ०७६ चैत १४ गते ।
जनकपुरधामलगायत देशभर लक डाउन जारी रहेको अवस्थमा हाम्रो सेवामा दिनरात खटेका सुरक्षाकर्मीहरुलाई असहाय संरक्षण मंचका अध्यक्ष समाजसेवी बैद्यनाथ साह र समाजसेवी व्यवसायी धर्मेन्द्र साहले मिनिरल वाटर, मास्क र ग्लोब्स प्रदान गरेका छन् ।


जनकपुरधाममा शुक्रवार विहानैदेखि मुरलीचोक, जिरोमाइल, भ्रमरपुराचोक, रामानन्दचोक, पिडारीचोक, मिल्सएरिया भानुचोकलगायतको चोकमा पुगेर समाजसेवीद्धयले सुरक्षाकर्मीहरुलाई मिनिरल वाटर प्रदान गरेका छन् ।


कोरोना भाइरसको महामारीको वेलामा सरकारले जारी गरेको लक डाउनका बेलामा सडक, बाटो र गल्लीमा पुगेर प्रहरी दिनरात खटि रहेकाले गर्दा प्रहरीहरु स्वास्थ्य अवस्थामा मध्यनजर गर्दै पानी, मास्क र ग्लोव प्रदान गरेको समाजसेवी बैद्यनाथ साहले बताए ।


गरिव, असहाय र दिनदुखीहरुको सेवा गर्दै आएका समाजसेवी साहले देश र जनताका लागि खटिदै आएका सुरक्षाकर्मीहरुलाई १० काटुर्न मिनिरल वाटर पानी, ५० थान मास्क र ग्लोव तिवरण गरेका छन् । समाजसेवी साहले असहायहरुको लागि खाना र खाद्य सामाग्री समेत व्यवस्था गर्न लागेको बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार