• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बारह्विगहा जहाँ भारत महाराष्ट्रका ४० मान्छे अलपत्र,सुरक्षित ठाउँमा उद्धारको आवश्यकता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १४, २०७६, २:५० PM
0
बारह्विगहा जहाँ भारत महाराष्ट्रका ४० मान्छे अलपत्र,सुरक्षित ठाउँमा उद्धारको आवश्यकता

दिपेन्द्रप्रसाद सिंह

धनुषा, ०७६ चैत १४ गते ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बारह् विगहा रंगभूमि मैदानमा बालबच्चासहित ४० भारतीय नागरिक अलपत्र परेका अवस्थामा रहनुभएको छ । भारत महाराष्ट्रका भोपाला जिल्ला बताउने ती व्यक्तिहरु बारह् विगहा रंगभुमि मैदानमा प्लाष्टिकको टेन्टभित्र बस्नु भएको छ ।
माटोको गिलास, कप, प्लेटलगायतको व्यापार गर्दै आएका ती व्यक्तिहरु बारह् विगहा रंगभुमि मैदानमा अस्थायी टेन्ट भित्र बस्दै आउनुभएको छ ।


अस्थायी टेन्टमा बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेका ३ बच्चा श्रीमती रहेको छ । प्लाष्टिकको झुपडी भित्र उनका ३ बच्चा पनि छन् । व्यापार गर्ने क्रममा परिवारसहित आएका कृपाल भोसललेका बस्ने, सुत्ने, खाने लगायतका सरसफाइको बारेमा खासै ज्ञान छैनन् । जीवन जिउनुछ, जसरी पनि बाँचि रहेका छौं, ५ दिन अगाडी मोटरसाइकलले छोरी राजश्री भोसलेको खुटटामा घाउ लागेर ५ हजार उपचारमा खर्च गरि सकेका छन् ।

मोटरसाइकल चालक फरार भएपछि अहिले छोरीको उपचार गर्ने, खाना खाने समेत पैसा छैन्, भारत जाने कुनै उपाय नरहेकाले गर्दा जसोतसो आफुहरु जिवनयापन गर्दै आएको कृपाल भोसलले बताउनुभयो ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सतकर्ता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लक डाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जिवनयापन गर्दै आएका यी व्यक्तिहरुको अवस्था नाजुक भएका छन् । दैनिक मजदुरी र व्यापार गरेर जिवनयापन गर्दै आएका यी ४० व्यक्तिको अवस्था निकै खराव रहेको छ ।


अस्थायी टेन्टभित्र चर्को घामका विच बस्नुपर्ने बाध्यता छ, वर्षा परेको खण्डमा आफुहरुलाई बस्न अझै समस्या हुने भएकाले आफुहरुलाई सहयोग गर्न ५५ वर्षीय कैलास भोसलेले आग्रह गर्नुभएको छ । कैलास भोसलले भन्नुहुन्छ ‘सर यो बन्दी कहिले सम्म रहन्छ ? कसरी हामी खाना खान्छौं, हामीसंग अव खाने खाद्यान्न छैनन्, किन्न पैसा छैन्, बजार खुलेको छैन् व्यापार व्यवसाय गर्न सकेको छैन्, प्रहरीले बाहिर जान दिएको छैन, यस्तो अवस्थमा बालबच्चा र आफु भोक भोकै बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।


यता, अस्थायी टेन्टमै बस्दै आएका ३५ वर्षीय राजकुमार वासुदेव फुवारलाई घरमा छोडेर आएका ३ छोरीहरुको यादले निकै पिरोलि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले हामी जे अवस्थामा छौ, हामीले भोगि रहेका छौं, आफुहरुलाई खाना खाने अन्न छैनन्, किन्ने रुपैया समेत नरेकाले ६ जना परिवारका सदस्यसहित आएका राजकुमारलाई चाँडो भन्दा चाँडो अवस्था सहज भए आफुहरुलाई सहज हुने बताउनुभयो ।


६ जना सदस्यको परिवारमा भोलीदेखि के खाने भनेर चिन्ता छ, उहाँहरुलाई भारतमा समेत २१ दिनको लक डाउन भएको थाहा छ, त्यसैले घरमा छोरीहरु समेत कसरी लामो लकडाउनमा बसेको होला भनेर अझै धेरै चिन्ताले पिरोलिदै गरेको बताउनुभयो ।

खुल्ला स्थानमा सामान्य पातलो प्लाष्टिक झुन्ड्याएर बालबच्चासहित बसोवास गर्दै आएकाले यी ४० व्यक्ति जुनसुकै बेलामा कुनै प्रकारको रोग र भाइरसको शिकार हुन सक्ने जोखिमपूर्ण अवस्थामा रहनुभएको छ ।


सरसफाइदेखि लिएर शौचालय र खानेपानीको समेत कुनै व्यवस्था नरहेपछि २ महिनादेखि अस्थायी टेन्टमा बस्दै आएको रामकुमारी भोसलले बताइन् । ४० व्यक्ति यस अस्थायी टेन्टमा १० जना बच्चा ५ वर्ष मुनिका रहेका छन् । बच्चाहरुको सरसफाई र लुगाकपडा समेत अभाव रहेको छ ।


रामकुमारीले छिटटै बन्दी खुले हामी काम गरेर जीवनयापन गर्ने थियौं तर यसरी हामी बस्नुपर्दा कमाई हुदैन अनि खानेकुराको अभावले हामी कसरी बाँच्ने विलौना गर्दै आएकी छिन् ।
यता, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरलाई बारह् विगहा रंगभुमि मैदानमा ४० भारतीय व्यक्ति अलपत्र परेको बारेमा जानकारी गराउँदा उहाँले नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय गरेर आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।


यता, ४० व्यक्ति निकै जोखिमपूर्ण रुपमा खुल्ला स्थानमा रहेपनि अहिलेसम्म कुनै पनि संघसंस्था वा व्यक्तिहरुले आफुहरुको अवस्थाबारे कुनै चासो नलिएको बताउँदै राजकुमारले भने हामी भारत पनि जाने अवस्थामा छैनौं । निकै चिन्ता लागि रहेको छ । हामीलाई भारत जाने वातावरण मिलाई दिएको खण्डमा जान चाहेको बताउनुभयो ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In