सामाचार प्रभावले अलपत्र भारतीयलाई खाना खुवाइदै,सुरक्षित ठाउँमा व्यवस्थानको आवश्यकता

धनुषा, ०७६ चैत १६ गते ।
जनकपुरधाम उमनपा–८ स्थित बारह्विगहामा भारतको महाराष्ट्रका अलपत्र ४० भारतीय नागरिकलाई मारवाडी युवाहरुले खाना खुवाई सहयोग गर्न थालेका छन् । अलपत्र भारतीयहरुको बारेमा क्षिरेश्वरनाथ डककममा समाचार र भिडियो प्रकाशन गरिएको थियो ।


समाचार र भिडियो हेरेर मारवाडी युवाहरुले वेलकम होटलको सहयोगमा चैत १५ गते विहानैदेखि खाना सहयोग गर्दै आएका छन् । बारह् विगहामा भारतीय नागरिकहरु अलपत्र अवस्थामा रहेको बारेमा समाचार पढेपछि मारवाडी युवाहरु लकडाउनको समयावधिसम्म जनकपुरकै वेलकम होटलको सहयोगमा खाना खुवाउन थालेका छन् ।


बारह् विगहामा प्लाष्टिकको छानामुनि १० बालबच्चासहित अव्यवस्थित तरिकाले खाद्यान्न अभावमा बसि रहेकोको खबर सुनेर आफुले खाना सहयोग गर्दै आएको वेलकम होटलका संचालक अभिषेक झुनझुनवालाले बताए । उनले भने यस्ता गरिव, मजदुर, दिनदुखी, सडकबाटोका बटुवाहरुलाई खाना सहयोग गर्न तयार रहेको बताए ।


माटोको कप, गिलास र प्लेट बेच्दै गुजारा गर्दै आएका उनीहरु देशभर लकडाउनसंगै गर्ने ब्यापार व्यवसाय बन्द भएपछि खाद्यान्न अभावले दुई छाक कसरी टार्ने चिन्तामा रहेका वेला साँझ र बेलुका खाना पाएपछि आफुहरुलाई निकै खुशी लागेको कृपाल भोसलले बताउनुभयो ।

सामान्य प्लाष्टिकको त्रिपालमुनि बस्दै आएका उनीहरुलाई अहिले सुरक्षित ठाउँमा व्यवस्थित तरिकाले राख्नुपर्ने आवश्यकता देखिएको छ । यसबारे जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झालाई जानकारी गराएपछि उनले नगरको बैठकबाट निर्णय गरिने बताएकी छिन् । अहिलेसम्म उनीहरु अवस्थित तरिकाले खुल्ला ठाउँमा सरसफाई, खानेपानीको अभावमा टेन्टमुनि बस्दै आएकाले संक्रामक रोगको शिकार हुन सक्ने प्रवल सम्भावना देखिएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार