
धनुषा, ०७६ चैत १७ गते ।
लामो लकडाउनमा परेर दैनिक मजदुरी र ज्यालादारी गर्दै आएको ९ परिवारलाई चैत १७ गते राहत प्रदान गरिएको छ । क्षिरेश्वरनाथ डटकमका सम्पादक दिपेन्द्रप्रसाद सिंहको समन्वयमा खाद्यान्न र लत्ताकपडा राहत प्रदान गरिएको छ ।

असहाय संरक्षण मंचका समाजसेवीद्धय वैद्यनाथ साह र समाजसेवी धर्मेन्द्र साहले चामल, आलु, प्याज, खान पकाउन दाउरा, मास्क, तेल, सावुन, कपडा प्रदान गरेका छन् । ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारको तर्फबाट बच्चाहरुका लागि ५० थान कपडा सेट र २० किलो पिठो शरद सिंह बछारले प्रदान गरेका गर्नुभएको छ । राहत वितरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका संचार शाखाका प्रहरीहरु, बाल अभियन्ता आशुतोष झालगायतका अभियानीहरुको सहभागिता रहेको थियो ।

बारह् विगहामा अलपत्र अवस्थामा भारतको महाराष्ट्रका ९ परिवारका करिव ४० जना सामान्य प्लाष्टिकको त्रिपालमुनि बस्दै गुजारा गर्दै आएका छन् । माटोको प्लेट, कप र गिलासको व्यापार गर्दै मागेर जीवन आयाम गर्दै आएका ९ परिवारलाई लकडाउनले गर्दै आएको सामान्य व्यापार समेत बन्द भएपछि खाद्यान्न अभावमा अलपत्र परेका थिए ।

बारह् विगहामा २ महिनादेखि बसोवास गर्दै आएका ती परिवारमा १० जना ५ वर्ष मुनिका बच्चा समेत रहेको छ । असहाय संरक्षण मंचका अध्यक्ष वैद्यनाथ साहले लकडाउनमा परेर आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाइ राहत प्रदान गर्न दिनरात खटि रहनुभएको छ ।

यसअघि सप्तरीमा काम गर्दै आएका २५ जना कामदार पैदल हिडेर सलार्ही घरतर्फ जाँदै गर्दा गएराति उनीहरुलाई खाना पकाएर खुवाएको जनाएको छ । भोकभोकै पैदल हिडेर सप्तरीबाट सलार्हीको यात्रामा निस्केका ती मजदुरहरुलाई असहाय संरक्षण मंचको अगुवाइमा दाल,चामल, आलु, प्याज र मसाल, नुन, तेललगायतको सामाग्री संचारकर्मी काशिन्द्र शर्मामार्फत प्रदान गरि खुवाइएको थियो ।
