• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषामा प्रहरीले हिरासतमा लिएर निर्घात कुटपिट गरेको युवा अचेत, अस्पतालमा अपरिचित व्यक्तिले विरामी धम्काउँदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १७, २०७६, ५:१५ PM
0
धनुषामा प्रहरीले हिरासतमा लिएर निर्घात कुटपिट गरेको युवा अचेत, अस्पतालमा अपरिचित व्यक्तिले विरामी धम्काउँदै

धनुषा, ०७६ चैत १७ गते ।
धनुषाको विदेह नगरपालिकाको तीनकौरिया प्रहरीचौकीले एक युवालाई हिरासतमा लिएर निर्घात रुपमा कुटपिट गरेको रहस्य खुलेको छ । धनुषाको विदेह नपा –५ एकराही बस्ने २५ वर्षीय सुनिल कुमार खत्वे मण्डललाई औरहीको तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले चैत १५ गते विहान ७ बजे घरबाटै नियन्त्रणमा लिएर निर्घात रुपमा कुटपिट गरि यातना दिएको पीडित युवा मण्डलले आरोप लगाएका छन् ।

कुटपिटबाट दुवै खुटटामा चोट लागेको मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । विहान ७ बजे घरबाटै विना पूर्जी पक्राउ गरि प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर पैताला र पेटमा पाइप, हात र जुत्ताले कुटपिट गरि घाइते बनाएको पीडितका दाजु सुकिल कुमार खत्वे मण्डलले बताए ।


मण्डलका सालो धनौजी गापा–३ बस्ने २० वर्षीय अनिल कुमार मण्डलले जनकपुरधाम उपमहानगरपालिका –१६ कपिलेश्वरका एक केटीलाई लिएर भागेको घटनामा सुनिल कुमार खत्वे मण्डलले सहयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरि कुटपिट गरेका हुन् । यस अघि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते पक्राउ गरि सार्वजानिक अपराध मुद्धा चलाएको थियो । मण्डल जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटीमा फागुन १३ गते रिहा भएका थिए ।


मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीको आदेशमा फागुन १५ गते तीनकौरिया चौकीका असइ मोदनारायण यादव नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ गरि नियन्त्रणमा लिएर तीनकौरिया प्रहरीचौकीका असई मोदनारायण यादवलगायत ४ जना मिलेर पैताला र पेटमा कुटपिट गरेको विदेह नगरपालिका वडा नं. ६ अध्यक्षा जयराम मण्डल केवटले जानकारी दिए ।


प्रहरीले पक्राउ गरेको थाहा पाएर तीनकौरिया प्रहरी चौकी पुगेका विदेह नगरपालिकाका मेयर बेचन दासको पहलमा विदेह नपाका वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल केवट, स्थानिय प्रितम खत्वे र सुकिल मण्डलको रहोवरमा दिउँसो ३ बजे लिखित कागजनामा गरेर छोडिएको वडाध्यक्ष जयराम मण्डलले बताए ।


प्रहरीचौकीमै पीडित सुनिलले आफुलाई प्रहरीले हिरासतमा कुटपिट गरेको भन्दै आफु प्रहरीचौकीबाट घर नजाने अडान लिएका थिए, जमानतमा कागज गरेर घर फर्के लगतै सुनिल मण्डल बेलुका ५ बजे हिड्न नसकेर गम्भिर भएपछि एम्बुलेन्समा राखेर १५ गते राति नै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको पीडितकी आमा समतौलिया देवी यादवले बताइन् । घाइते युवा मण्डलको मण्डलको उपचार प्रादेशिक अस्पताल जनकपुरमा फागुन १७ गतेसम्म भई रहेको छ ।


यता, तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले आफुले चैत १५ गते कुनै व्यक्तिलाई नसमातेको दावि गरेका छन् । प्रहरीचौकीमा लिखित गरेर छोडिएको भनेपछि यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी समेत रहेका प्रवक्ता रामेश्वर कार्कीलाई सोध्न भन्दै संचारकर्मीले गरेको फोन काटेका थिए ।


धनुषाका डिएसी रामेश्वर कार्कीले सुनिल कुमार खत्वेलाई जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको तारेखअनुसार तीनकौरिया प्रहरी चौकीमा तारेख लिएको दावि गरेका छन् । डिएसपी कार्कीले प्रहरी हिरासतमा प्रहरीले कुटपिट नगरेको दावि गरेका छन् । उनले भने विवाह गर्ने उमेर नपुगेका केटीलाई उनकै सालोले लिएर भारततर्फ भागेका छन् । केटी भगाउनमा मण्डलको सहयोग रहेकाले गर्दा भागेका केटा र केटीलाई उपस्थित गराउनका प्रहरीले दवाव सृजना मात्रै गरेको बताए ।


अस्पतालमा आएर डिस्चार्ज हुन भन्दै गालीगलौज र दुव्र्यवहार


फागुन १७ गते सोमवार दिउँसो ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत पीडित सुनिल कुमार मण्डल खत्वे र उनकी ४० वर्षीय आमा समतौलिया देवीलाई दुव्र्यवहार गरि गालीगलौज गरिएको छ । अपरिचित दुई व्यक्ति अस्पतालमा आएर विरामीलाई डिस्जार्च भएर घर जान धम्काउँदै विरामीका कुरुवा आमालाई समेत तथानाम गालीगलौज गरेको विरामीकी आमा समतौलिया देवीले बताएकी छिन् ।

समतौलिया देवी


अस्पतालमा भर्ना भएका सुनिललाई कोरोना भाइरसको कारण देखाएर डिस्जार्च हुन अस्पतालले समेत सुझाव दिदै आएकोबारेमा विदेह नगरपालिकाका मेयर बेचन दास, विदेह नपाका वडा नं. ६ का अध्यक्ष जयराम मुखिया, दलित अगुवा नेता राजाराम मण्डललगायतको अधिकारकर्मीहरुकै विचमा विरामी र उनका कुरुवालाई दिउँसै धम्की दिएपनि प्रहरी प्रशासनले कुनै वास्ता नगरि धम्की दिनेलाई भगाएको सुकिल कुमार मण्डलले बताए ।


विदेह नगरपालिकाका मेयर बेचन दासले पीडित दलितमाथि प्रहरी प्रशासनको कानुनी राज्यमा दिउँसै अस्पताल जस्तो संवेदनशिल स्थानमा विरामी र कुरुवालाई धम्की दिनु अस्पताल प्रशासन र अस्पताला सुरक्षार्थ खटेका प्रहरीको गैरजिम्मेवारीपना रहेको बताएका छन् । यसमा सलग्न सवैलाई कारवाही गर्न मेयर दासले माग गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In