
धनुषा, ०७६ चैत १९ गते ।
जनकपुरधाम उपमहानगरपालिका–१ सिताचौकस्थित ९० घर परिवार भएको दलित वस्ती राहतको पर्खाइमा रहेका छन् । देशभर लकडाउनको स्थितीमा दैनिक ज्यालादारी गर्दै गुजारा गर्दै आएका यस दलित वस्तीमा ३ सय भन्दा बढी व्यक्तिको वसोवास रहेको छ ।
लक डाउन भएको ८ दिन वितिसक्दा पनि चारैतिर राहत वितरण भई रहेको सुनि रहदाँ आफुहरुको टोल, वस्तीमा कहिले कसले राहत लिएर आउने पर्खाइमा रहेको वस्तीका युवा इन्द्रजित मेस्तरले बताउनुभयो ।

अहिले ८ दिनदेखि घरबाट बाहिर निस्कन नपाएर घरमा दुई छाँक टार्ने खाद्यान्न छैन, हातमा अन्न, साग, सब्जी किन्ने पैसा छैन, हामीलाई कसैले ऋण दिदैन यस्तो वेलामा न त स्थानिय सरकार न त प्रदेश सरकार हामीलाई खोज्न आएको युवा इन्द्रजितको गुनासो छ ।
स्थानिय सरकार र प्रदेश सरकारले दैनिक मजदुरी गने, गरिव,विपन्न परिवारलाई खाना खुवाउने भनेको छ, लाखौ रुपैया विनियोजन भएको छ तर हाम्रो गरिव, वस्तीमा अहिलेसम्म न त सरकारीस्तरबाट न त सामाजिक संघ संस्थाबाट सहयोग नभएको अजय मेस्तरले गुनासो गर्नुभयो ।
चमार, मुसहर, पासवान, मेस्तर जात रहेको यस वस्तीमा अति विपन्न परिवारका बसोवास रहेको छ ।

बब्लु मेस्तर भन्छन् हाम्रो वस्तीकै अगाडी साँझ र विहान तरकारीको बजार लाग्छ, टाढा टाढाबाट मान्छे आएर किनेर लान्छन्, तर अहिले हामीले पैसा नभएर किन्न सकेका छैनौं, हामी कि त काम गर्न दिनु पर्छ कि त राशन पानीको व्यवस्था गरिदिनुपर्छ, हामी भोक भोकै पेट कति दिन कसरी बाच्न सक्छौं आक्रोश पोख्दै भने हामीलाई कसैले अहिलेसम्म एक सुको सहयोग गरेन हजुर, हामी कसरी बाच्छौं भन्ने राहतको लागि विलौना गरेका छन् ।

जनकपुरधाम उमनपा ११ स्थित मिल्स एरिया हुदै उत्तरतर्फ बेंगाशिवपुरतर्फ जाने बाटोको दुवै तर्फ रहेको दलित वस्तीमा पनि अहिलेसम्म राहत पुग्न सकेको छैन् । प्रदेश सरकारको पछाडि मै रहेको सो दुवै दलित वस्तीमा अहिलेसम्म कुनै पनि नेता, संघसंस्था र सरकारको नजर पर्न नसकेको सुलेखा मेस्तर्नीले बताइन् । दिपेन्द्रप्रसाद सिंह