कांग्रेस उपसभापति निधिद्वारा गंगुलीस्थित क्वारेन्टाइनमा ५ थान पीपीई हस्तान्तरण

जनकपुरधाम,चैत २१ गते ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नगराइन नगरपालिकास्थित क्षेत्रिय क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागि ५ थान पीपीई उपलब्ध गराएका छन् ।

लकडाउनको ११ औं दिन बितिसक्दापनि धनुषाको नगराइन नगरपालिका वडा नम्बर-५ गंगुलीस्थित क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव खडकिरहेको बेला नेता निधिले सो पीपीई उपलब्ध गराएका हुन् ।

गंगुलीस्थित क्वारेन्टाइनमा डेढ दर्जन भन्दा बढि कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राखिएपनि त्यहाँका स्वास्थकर्मीलाई अहिलेसम्म एक थान पीपीई समेत सरकारले उपलब्ध गराएको छैन् ।

उपसभापति निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण र उपाध्यक्ष राकेश बिक्रम साह मार्फत सो क्वारेन्टाइनका संयोजक जुगेश्वर मण्डललाई आज पीपीई हस्तान्तरण गरिएको छ।

धेरै पढिएको

ताजा समाचार