लकडाउनमै धनुषामा ३ वर्षीया बालिका बलात्कृत

धनुषा, ०७६ चैत २६ गते ।
देशभर कोरोना भाइरसले महामारीले आतंक मच्चाई रहेको वेला धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२१ कुर्थामा ३ वर्षीया बालिका बलात्कृत भएको छ । आफनो मामा घर आएकी ३ वर्षीया बालिकालाई छिमेकी करिव १० वर्षीय नितेश कुमार मण्डलले चैत २२ गते घरमा कोही नभएको बेलामा बलात्कार गरेको पिडित परिवारको आरोप छ ।


चैत २५ गते घरका सवै जना खेतमा काम गर्न गएको बेलामा छिमेकी मण्डल आएर बलात्कार गरेको पिडितकी हजुरआमाले चैत २६ गते अस्थायी प्रहरी चौकी कुर्थामा चैत २६ गते लिखित उजुरी गरेकी छिन् । चैत २४ गते बालिकालाई नुहाउने क्रममा कम्मर भन्दा तल निकै दुखि रहेको भनेपछि बालिकालाई सोधपुछ गरेपछि बलात्कार भएको घटना सार्वजानिक भएको हो ।


बालिकाको योनीमा घाउ भएर विरामी भएपछि पीडित बालिकाको ३ दिनदेखि एक अस्पतालमा उपचार भई रहेको छ । पिडित परिवारले चैत २६ गते अस्थायी प्रहरी चौकी कुर्थामा आरोपित नितेश कुमार मण्डलविरुद्ध उजुरी दर्ता गराएको छ ।


धनुषाका डिएसपी रामेश्वर कार्कीले घटनाबारे अस्थायी प्रहरी चौकीमा उजुरी परेको छ । पिडित बालिका र पिडक बालकको उमेर १० वर्ष मुनि भएकाले गर्दा घटनामा संलग्न रहेको बालकलाई सम्झाई बुझाई गरि बालिकाको उपचार खर्च पिडक पक्षबाट तिर्न लगाउन पहल गर्ने बताए ।

धेरै पढिएको

ताजा समाचार