कृषि उपज कहिलेसम्म ठप्प रहने


दिपककुमार चौधरी


धनुषा, ०७७ बैशाख ११ गते ।
जहाँ पूरा राष्ट्र कोरोना सँग जुधिरहेको छ,देश अब भोकमरी सँग कसरी जुध्नेछ ? यो प्रश्न किनपनि उठ्छ भने अहिले देश अनुपत्पाक अवस्थामा छ । चाहे कृषि उपजको कुरा गरौं वा उद्यमको । सबै ठप्प जस्तै छ । यो स्थिती कहिलेसम्म रहन्छ ? यो प्रश्नको पनि ठोस उत्तर छैन । यदि अहिलेको बर्तमान अवस्था अरु केही समय लम्बिने हो भने यसले भोकको आयतन बढ्नेछ ।
यसो भन्नका लागि केही आधार छन् ।
अहिले खेती किसानको काम नराम्ररी प्रभावित भएको छ । जनश्रमको अभावमा अन्न उत्पादन रोकिएको छ । मासुजन्य उत्पादन र आपूर्तिमा अवरोध भएको छ । मासुजन्य परिकारले हाम्रो खाद्यन्नको ठूलो माग पूर्ति गर्दै आएको तथ्यांक छ ।
देशमा आर्थिक मन्दी आउदै

खानेकुराको माग उच्च छ र आपूर्ति कम छ । यसले बजार महंगिएको छ । भलै यो स्थिती न आओस । तर ढुक्क हुन सकिने छैन । देशमा भोकमरी सुरु भयो भने क विच्छृखंलता सुरु हुनेछ । भोकमरीको अवस्था कतिसम्म रहन्छ भने घरमा खानको लागि केही मकैको खोया देखी रोप्न राखिएको बिउसम्म सिद्दिन्छ । माटो खानुपर्ने स्थिती आउँछ । ‘कृषिप्रधान’ भनिएका हाम्रो मुलुक त चीनकै माटोमा उत्प प्याज सम्म खपत गरिरहेको छ ।
के भोकमरी सुरु हुनेछ ?
कृषि प्रणली उन्नत र आधुनिक त भएको छ तर, खेतीयोग्य जमिनको आयतन तिब्र रुपमा घट्दो छ । हाम्रो देशमा त कृषि कर्म पनि उदासिन छन् । खेती किसानी गर्नेहरु निरास छन् । अर्को्तिर कृषिजन्य उपजलाई खानका लागि मात्र अन्य कुराका लागि प्रयोग गर्न थालिएको छ । साथसाथै उत्पादित खानेकुरा जुठो बनाएर, कुहाएर नष्ट गर्ने प्रवृत्ति व्यापक छ ।
यी सबै कुराहरुले के देखाउँछ भने, भोलिका दिनमा हामी खाद्य संकटका लागि तयार भएर बसे हुन्छ । यसैपनि यो संभावित जटिलता बढेर गएको छ भने अर्को्तिर कोरोना भाइरसको कारण उत्पादन, आपूर्ति र उपभोगमा व्यापक असन्तुलन छ । यसले भोकमरीको पूर्व संकेत दिएको छ?
अब के गर्ने ?
हाम्रो भान्सामा आउने धनियाँदेखि जीरासम्म विदेशको माटोमा उत्पादन भएका हुन्छ । यसको अर्थ यो होइन कि हामीसँग खेतीयोग्य जमिन छैन । जमिन छ तर बाँझो । अर्को्तिर हामी खानेकुरामा एकदमै परनिर्भर छौं । एक मुठा धनिया समेत बजारमा निर्भर छौं । खेती किसानीलाई राज्यले नै निरुत्साहित गरेको छ भने विचौलियाले उपभोक्ता र उत्पादकको दुरी बढाइदिएको छ । वित्तिय असहयोग, प्राविधिक संकट, असुरक्षित बजार र अपहेलनामा चेपिएका किसानहरुको नौनाडी गल्दैछ । यसको सोझो असर अन्न उत्पादनमा परेको छ ।

जबसम्म कृषि प्रणालीमा सुधार हुँदैन, तबसम्म हाम्रो भान्सा असुरक्षित रहन्छ । त्यसैले खेती किसानीमा बढी भन्दा बढी लगानी र प्रोत्साहनको बिकल्प छैन । तर, नीति निर्माण एवं नेतृत्व तहमा रहेकाहरुको ढंग अनि व्यवहार हेर्दा खेती किसानीमा यस किसिमको परिवर्तन केवल सपना मात्र हुनेछ ।
अहिले हामी यतिमात्र गर्न सक्छौं, भएको खानेकुरा जतन गर्ने, करेसाबारीको बढीभन्दा बढी उपयोग गर्ने । जहाँ जे हुन्छ, रोप्ने । फलाउने । छत, बार्दली, आँगनलाई उत्पादनशिल र हराभरा बनाउने । भोलिका दिनमा खाद्य संकट आइहाल्यो भने हामीले आफ्नो भान्सालाई कसरी सुरक्षित राख्ने ? तयारी अवस्थामा बस्नुपर्नेछ ।

धेरै पढिएको

ताजा समाचार