
धनुषा, ०७७ बैशाख २४ गते ।
प्रदेश नंं. २ सरकारले दोस्रो चरण अन्तर्गत राहत वितरण कार्य बैशाख २४ गतेदेखि जनकपुरधामबाट सुरु गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय धनुषाद्धारा जनकपुरधाम उमनपा –७ मा आयोजित एक समारोहकाबीच उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ का मंत्री रामनरेश रायले उदघाटन गरेपछि राहत वितरण कार्य सुरु भएको हो । धनुषाका सबै पालिकाका १६९ वटा वडाहरुमा गरी १०,२४९ जनालाई राहत वितरण गरिने घरेलु तथा साना उद्योग कार्यालय धनुषाका कार्यालय प्रमुख संजिप दुब्बेले जानकारी दिनुभयो ।
“कोरोना भाईरस संक्रमण–कोभिड १९ प्रभावित मजदुर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसानलाई पहिलो प्राथमिकता राखी प्रदेश २ सरकारले विशेष परिस्थिति भनी २०७६ साल चैत्र १६ गते प्रदेश मन्त्रिपरिषदले घरेलु प्रदेशका ८ वटै घरेलु तथा साना उद्योग कार्यालयहरुलाई खरिद प्रक्रियाद्धारा राहत वितरण गर्ने जिम्मेवारी दिएको थियो ।
कोरोना भाईरसको महामारीलाई दृष्टिगत गरी जारी लकडाउनको अवस्थामा ज्यालादारी गर्ने मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा विपन्न किसानलाई हातमुख जोडन समस्या नहोस भनेर प्रदेश सरकारले दोस्रो चरणको राहत बितरण गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ का मंत्री रामनरेश रायले बताउनुभयो ।
राहत सामाग्रीमा २५ किलो सोना मंसुली चामल, मसुरोको २ किलो दाल, तोरी वा सरसोको १ लिटर खाने तेल, आयोडिन युक्त १ किलो नुन, सोयाविन आधा किलो र हात धुने ७५ ग्रामको १ थान साबुन रहेको छ । एक हप्तासम्ममा जिल्लाका सबै पालिकाहरुमा राहत सामाग्री पुर्याएर वडा अध्यक्षलाई सुम्पिने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी जितेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।

उदघाटन कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ राज्यमंत्री सुरेश मण्डल, प्रदेश सांसद परमेश्वर साह, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ का निमित्त सचिव जगरनाथ प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी कोषहरु निरौला, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेती, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकी रमण साह लगायत संचारकर्मीको उपस्थिति थियो ।
नेपाल सहित विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को कारण आयस्रोतमको माध्यम नै गुमेको कारण दैनिक हातमुख जोडन समेत धौ–धौ परेको बेला प्रदेश नंं. २ सरकारले दोस्रो चरण अन्तर्गत राहत वितरण कार्य जनकपुरधामबाट सुरु गरिएको छ ।