लकडाउन खुलेको हल्लाले मटिहानी मधवापुरमा सयौ नेपाली भारत प्रवेश गर्न थालेपछि लाठीचार्ज


धनुषा, ०७७ बैशाख २५ गते ।
महोत्तरीको मटिहानीमा लकडाउन खुलेको भन्दै हल्ला चलेपछि सयौको संख्यामा नेपालीहरु भारत प्रवेश गरेका छन् । महोत्तरीको मटिहानीबाट समान खरिद गर्न भन्दै भारतको मधवापुर सिमा नाका प्रवेश गर्न थालेको थियो । भारतीय सिमानाका खुकुलो भएको बेलामा समान खरिद गर्न भनेर सयौ नेपालीहरु घरायसी समान खरिद गर्न भारतीय भुमि मधवापुर प्रवेश गरेका थिए ।


महोत्तरीका मानवअधिकारकर्मी अर्जुन साहका अनुसार मटिहानी र मधवापुरको सिमानाकामा दुवैतर्फ प्रहरीहरु तैनाथ रहेकै बेलामा केही समय सिमा खोलिएको वेलामा एकाएक नेपालीहरु भारतीय भुमिमा प्रवेश गरेपछि पुनः दुवैतर्फका प्रहरीहरु सिमानाकामा कडाई गरेपछि अहिले पनि कतेकौ नेपाली नागरिकहरु भारतीय भुमिमा अलपत्र अवस्थामा रहेको बताउनुभयो ।


महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार केही स्थानियबासिन्दाहरुले लकडाउन खुलेको हल्ला गरेपछि सयौको संख्यामा एकाएक जम्मा भएका नेपाली भारततर्फ समान खरिद गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको बताउनुभयो । सिमानाका रहेकाले गर्दा जति कडाई गर्दा समेत २,४ जना समान खरिद गर्न भन्दै भारततर्फ जाने र आउने गरेको छ ।

सयौंको संख्यामा अहिले भारततर्पm गएर अलपत्र परेको बारेमा आफुलाई जानकारी नभएको भन्दै २, ४ जना त्यस्तो नेपालको सिमाक्षेत्र एरियाकै भएको खण्डमा नेपाल ल्याउन सकिने तर अन्यत्र ठाउँका भएको खण्डमा नेपाल ल्याउन नसकिने बताउनुभएको छ । एसपी अधिकारीले घटनाबारे अनुसन्धान गरिने बताउनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार