• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जानकी मंदिरको आम्दानी कब्जा गर्ने चेला रोशनले महन्त बनाउन निरन्तर धम्काउदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख २८, २०७७, ७:२३ AM
0
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा जान नदिन ठूलो षड्यन्त्र’


धनुषा,०७७ बैशाख २८ गते ।
करोडौं हिन्दु र भक्तजनहरुको आस्थामाथि खेलवाड गर्दै विश्वप्रसिद्ध जानकी मंदिरलाई विश्व सम्पदाको सुचिमा सुचिकृत हुनबाट रोक्न मंदिरभित्र ठुलो चलखेल भई रहेको खुलासा भएको छ । सन् १९८१ मा भारत टिकमगढकी महारानीले नौलखा आधुनिक भवनसहितकोे मंदिरको निमार्ण गरि जानकी मंदिरलाई विश्वभर परिचित गराएपनि मंदिरभित्रै हुने गरेको आस्थामाथिको खेलवाड छटाछुल्ल भएको छ ।


जानकी मंदिरमा महन्त र चेलाविच विगत २ वर्षदेखि चल्दै आएको विवाद लकडाउनको वेला चर्मोत्कर्षको रुप लिएको छ । भगवान र भक्तजनहरुको आस्था र विश्वासमाथि खेलवाड हुदै जानकी मंदिर र हिन्दुहरुको आस्थामाथि आँच आउने गरि मंदिरमा वर्षौदेखि एकलौटीपना जमाएर बसेका सामान्य चेला रामरोशन दास वैष्णवले आफु जानकी मंदिरको उत्तराधिकारी महन्त भनेर सुन्न रुचाउने मात्रै गरेका छैनन्, पटक पटक महन्त रामतपेश्वर दास वैष्णवलाई धम्कीपूर्ण भाषाको प्रयोग गर्दै पूर्ण रुपमा स्थायी महन्त बनाउन नै चौतर्फी दवाव दिदै आएको रहस्य बहराएको छ ।


जानकी मंदिर स्रोतका अनुसार जानकी मंदिरमा भक्तजनहरुले आस्था र भावले चढाउँदै आएको भेटि समेत मंदिरका चेला रामरोशन दासले धाकधम्कीपूर्ण तरिकाले दैनिक पुजारीमार्फत असुली गर्ने गरेको आरोप छ । मंदिरका अधिकांश पुजारी र उनी जस्तै अन्य चेलाहरु समेत रामरोशन दासको व्यवहार र आचरणले गर्दा आर्जित भएपनि डर, धाक, धम्कीको कारणले बोल्न सकेका छैनन् ।

मंदिरमा भक्तजनहरुले चढाउने गरेको भेटी आफुले पाउनुपर्ने भन्दै करिव एक वर्ष पहिले पनि ठुलै विवाद भएको थियो, त्यस समयमा महन्त रामतपेश्वर दास बैष्णव र चेला रोशनले आधा आधा लिने गरि सहमति भएपछि विवाद साम्य भएको एक पुजारीले बताएका छन् ।


जानकी मंदिरका सामान्य चेला कसरी कथि उत्तराधिकारी कहलाउँन थाले


केही वर्षदेखि मंदिरका महन्त रामतपेश्वर दास विरामी भएपछि नातामा भान्जा पर्ने रामरोशन दासलाई विश्वासपात्रको रुपमा लिएर उनैलाई जानकी मंदिरको कामकाज गर्न गराउन भन्दै मौखिक रुपमा जिम्मेवारी दिएको महन्त रामतपेश्वर दासको भनाई छ ।

रामरोशन भन्दा अब्बल र पुजापाठ गर्ने अन्य चेलाहरुको विच रोशनले पाएको जिम्मेवारीको गलत तरिकाले उपयोग गर्दै जनकपुरका केही संचारकर्मी, राजनितिकर्मीदेखि नेता, प्रहरी प्रशासनसम्मलाई पैसाको आडमा प्रभावमा पारी आफुलाई उत्तराधिकारी महन्तको रुपमा चिनाउन थालेको हो मंदिरकै एक पुजारीले नाम नबताउने शर्तमा बताएका छन् ।

केही सिमित जनकपुरका संचारकर्मीहरुको समेत रोशन दाससंग निरन्तर भेटघाट र आर्थिक लेनदेन हुदै आएको रहस्य समेत खुलेको छ । संचारकर्मी, केही क्लवका युवा नेता नेतासम्मलाई आफनो प्रभावमा पारेर जानकी मंदिरमा आउने चौतर्फी आम्दानीको हिस्सामा भागभण्डा समेत रोशन दासले खोज्न थाल्यो, जानकी मंदिरको हजारौ विगहा जग्गा बेचविखनमा महन्त रामतपेश्वर दास वैष्णवको संलग्नताको कमजोरी थाहा पाएर होला, महन्त समेत विवश हुदै हिस्सेदारीमा सामेल गराउँदै आएर सहमतिमै जानकी मंदिरको रेखदेख गर्दै आएका छन् ।


जानकी मंदिरको आम्दानीमा आधाको हिस्सेदारी भएका रामरोशन दासले २ वर्षदेखि रामजानकी विवाह महोत्सवमा प्रदेश सरकार गठन भएसंगै वर्षेनी ५० लाखको दरले बजेट ल्याएका छन् । यी बाहेक संघिय सरकार, स्थानिय सरकारलगायत अन्य निकायबाट समेत मंदिरमा करोडौंको सहयोग लिएका रामरोशन दासले एक समिती बनाएर सोही समितिको नाममा बैंक खाता संचालन गरि रकम झिकेर आफुराजी खुशी खर्च आएका छन् ।

सरकारी निकायले समेत मंदिरमा दिएको रकम के कति कुन शिर्षकमा खर्च गरिन्छ भनेर हरहिसाव नलिने गरेको र विश्वासमै खर्च हुदै आएकोमा विश्वासघात हुदै करोडौंको मालिक चेला रामरोशन दास भएका छन् । रामरोशन दासबारेमा भएको खुलासा र लागेको आरोपबारेमा बुझन पटक पटक गरेको फोन सम्पर्कमा फोन उठेको छैन्, जसले गर्दा रामरोशन दासको प्रतिक्रिया समेटन् सकिएको छैन् ।


जानकी मंदिरको २ ठुला उत्सवको खर्च आफुले दिदै आएको पवन चौधरीको दावि


विवाहपञ्चमी महोत्सवको विभिन्न कार्यक्रममा हजारौ भारतीय नोटको समेत वर्षा गराउँदै आएका रामरोशनको गुण बैरागीको गुण नभएको विवाह महोत्सवका आर्थिक दाता तथा महन्त रामतपेश्वर दासका चेला भारतको मुम्वई निवासी पवन चौधरीले खुलासा गरेका छन् ।


रोशन दास बैष्णवको बैरागीको कुनै पनि गुण नभएको र केटी मोह भएको पवन चौधरीले जनकपुरको मिथिलाञ्चल एफ एमको दलान कार्यक्रममा पर्दाफास गरेपछि जानकी मंदिरको विवाद छताछुल्ल भएको छ । मंदिरभित्रमा दुई समुह विभाजित भएको छ । तर महन्त रामतपेश्वर दास बैष्णवको पक्ष बलियो भएको स्रोतले जनाएको छ ।

मंदिरभित्र अशोभनिय कार्य गर्दै आएकाले रामरोशन दासको चरित्र र व्यवहारबाट अधिकांश व्यक्ति पिडित झै भएका छन् । कतिपय पुजारीले त रोशनको नाम समेत सुन्न नचाहेको बेलामा महन्त बनाउन मरिहत्ते गर्दै आएको एक पुजारीले बताए ।


जानकी मंदिरमा रोशन जस्ता १२ देखि १५ जना चेला रहेको महन्त रामतपेश्वर दास वैष्णवले नै बताई सकेका छन् । सन् २०१७ देखि भारतमा मध्येको सामान्य शिष्य रोशन दास वैष्णवले आफु राजी खुशी उत्तराधिकारी महन्त लेख्ने गरेको भारतका पवन चौधरीले पर्दाफास गरेका छन् । रोशन दास वैष्णवमा कुनै पनि शिष्यको आचरण रहेको छैनन् ।

कुम्भमेला, जानकी मंदिरलगायतको कुनै पनि मठमंदिरमा समेत महिलासंग उठबस गर्दै आएको खुलासा पवन चौधरीले गरेका छन् । जानकी मंदिरमा पटक पटक केटी नचाएको, आफनै कक्षमा ४ जना महिलासंग बसेर भोजन गर्दै आएकोलगायत आर्थिक कारोवारमा भ्रष्ट्राचार गर्दै आएको मंदिरका महन्तका चेला समेत रहेका एयर ट्रान्सपोटर व्यवसायी पवन चौधरीले सनसनीपूर्ण खुलासा गरेपछि लकडाउनका विच जानकी मंदिरको व्यवस्थापन पक्षको विवाद चर्मोत्कर्षमा पुगेकोे छ ।


आफनो कमाइको ७० प्रतिशत खर्च गर्दै आएको बताउँदै महन्तका चेला बताउने एयर ट्रान्सपोटर पवन चौधरीले आफुले रामजानकी विवाह महोत्सवमा २०१६ मा ७५ लाख भारतीय रुपैया, २०१७ मा ९० लाख भारतीय रुपैया, २०१८ मा १ करोड १० लाख भारतीय रुपैया र २०१९ मा ६० देखि ६५ लाखसम्मको भारतीय रुपैया खर्च गरेको दावि गरेका छन् ।

चौधरीले आफुले जानकी नवमीलगायत अन्य उत्सवहरुमा समेत महन्त रामतपेश्वर दास वैष्णवको आदेशमा लाखौ रकम खर्च गर्दै आएको बताएका छन् ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In