जलेश्वर अस्पतालबारे भ्रम फैलाइँदै :मुख्यन्यायधिवक्ता झाको धारणा

धनुषा, ०७७ बैशाख २८ गते ।
प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले जलेश्वर अस्पतालको १५ वेड क्षमताको अस्पताललाई ५० वेड क्षमताको अस्पताल बनाईनु जलेश्वरवासीको लागि सुखद खवर रहेको बताउनुभएको छ । आफनो फेसवुक पेजमा पोस्ट गर्दै मुख्यन्यायधिवक्ताले जलेश्वर अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारको लागि अस्पताल बनाइएको बारेमा भ्रम नफिजाउन आग्रह गर्नुभएको छ ।


मुख्यन्याधिवक्ताले झाले फेसवुकमा आफु पनि जलेश्वर र महोत्तरीवासीको नाताले आमजनसमुदायलाई जलेश्वर अस्पताल निर्माण, अपग्रेड हुने मौकाको रुपमा छोपी कोरोना माहामारी विरुद्धको लडाईमा आफनो योगदान दिन आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ देशभरीवाट संकलन गरिएका कोरोनाको स्वाव अहिले केन्द्रिय ल्याव टेकुमा परिक्षण भैइरहेको छ ।

सरुवा रोग र केन्द्रिय प्रयोगशाला टेकुमा छ, के टेकुभरी कोरना फैलियो त? क्षयरोग अस्पताल ठिमीमा छ, सवै ठिमि भरी क्षयरोग फैलियो त? कुष्ठरोग अस्पताल लालगढमा छ, लाललगढ भरी कुष्ठ रोग फैलियो त? यसकारण कुनै एरियामा अस्पताल हुनु भनेको ती एरीया भरी रोग फैलिनु होइन ।


जलेश्वर अस्पताल कोरोना अस्पतालको रुपमा अपग्रेड हुनु स्थानीयका लागि अस्पताल स्तरन्नति को सुनौलो अवसर हो । यसकारण यस्ता भ्रम र अफवाहको पछाडी नलागौँ । कोरोना अस्पताल बनाउँदा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएका हुन्छन् । त्यस्मा पनि जेनरल स्वास्थ्य परिक्षण र कोरना दुइटा छुटा छुटै भवनमा तारवार लगाएर सवै थोक फरक गरी गरिएको जानकारी मेसुवाट पाएको छु ।


दुइ महिना पहिलाको अस्पताल र अहिले कोरोनाको कारणले तयार गरिएका पूर्वाधार र मेडिकल सामानहरु कोरना सकिएपछि सँधैको लागि रहिरहने छ । १५ बेड रहेको अस्पताल अहिले पच्चास बेडको भएको छ । डाक्टर, नर्स लगायत थुप्रै कुराहरु थपिएका छन् थपिने क्रम जारी छ । अहिले अस्पताल भ्रमण गरेर हेर्नुस त? आकाश पतालको अन्तर पाउनु हुन्छ ।


फेरी कोरोना महोत्तरीवासीलाई लागेमा आफनो जलेश्वर अस्पतालमा सो सुविधा नभए काँहा जान्छन् त? आफनो ठाउँमा बन नदिए अर्को एरीयामा किन भर्ना लिन्छन् त ? महोत्तरीमा कसैलाई कोरोना नलागने हो र? अमेरीकाको न्युर्योक शहरको केन्द्रमा नै कोरोना अस्पताल छ, खै स्थानीयले कहिले विरोध गरेको त? यसकारण यो सुविधा तँपाइका लागि नै हो ।


फेरी प्रदेशभरी कँही पनि कोरोना अस्पताल बन्न्न् दिइएन भने अस्पताल हुने काँहा त? पिपराले यो मौका गुमाएको छ । यसकारण जलेश्वर अस्पताल निर्माण, अपग्रेड हुने मौकाको रुपमा छोपी कोरोना माहामारी विरुद्धको लडाईमा आफनो योगदान दिउँ । महोत्तरीवासी भएकोले यति भन्नु मेरो हक र दायित्व दुवै थियो । आगे तँपाइको मर्जि, सवैमा जय होस, सुरक्षित रहौँ घरमा बसौँ ।


स्रोतः मुख्यन्यायधिवक्ताको फेसवुकबाट

धेरै पढिएको

ताजा समाचार