
धनुषा, ०७७ बैशाख २९ गते ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बारह् विगहा रंगभुमि मैदानमा अलपत्र अवस्थामा रहेका १० परिवारलाई ३२ जना भारतीय नागरिकलाई बैशाख २९ गते मानवअधिकारकर्मीहरुले सहयोग गर्नुभएको छ ।
इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहको पहलमा लकडाउनका कारण बारह् विगहा मैदानमा सामान्य त्रिपालको छाप्रोमा बस्दै आएका छन् । भारतीय नागरिकहरु खान नपाएको भिख माग्न टोल वस्तीमा आउन थालेपछि इन्सेक प्रतिनिधनीको पहलमा मानवअधिकारकर्मीहरुले राहत सामाग्री सहयोग गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का मानव अधिकृत मनमाया मगरले २० किलो दाल र १० लिटर खाने तेल, महिला अधिकारकर्मी ओरेक नेपाल धनुषाकी संयोजक रोजलिन सिंह बछारले ५० किलो पिठो, महिला अधिकारकर्मी जमुना भुजेलले १० किलो प्याज र एक किलो खुसार्नी र इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहले २० थान सावुन राहत स्वरुप बैशाख २९ गते सहयोग र महिला अधिकारकर्मी शिला झा, शरद बछारलगायतको मानवअधिकारकर्मीहरुको उपस्थितीमा राहत सामाग्री सहयोग गरेको हो ।
राहत सामाग्री पाएपछि भारतका महाराष्ट्र घर बताउने कृपाल भोसलले इन्सेक धनुषा प्रतिनिधीलाई राहत सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आफुहरुलाई लकडाउनको कारणले गर्दा नेपालीहरुले गरेको सहयोगप्रति खुशी व्यक्त गर्नुभएको छ ।
लकडाउनले गर्दा खानेकुराको अभाव भएको वेलामा आफुहरुलाई सहयोग गरेकोमा सवैप्रति आभार समेत व्यक्त गर्नुभयो ।
दिपेन्द्रप्रसाद सिंह