जनकपुरमा भारतीय प्रधानमन्त्रिको विरोध गर्ने ७ विद्यार्थी नेताहरु गिरफतार

धनुषा, ०७७ बैशाख ३० गते ।
जनकपुरधाम उमनपा–८ रामानन्दचौकमा बैशाख ३० गते लिपुलेकमा भारतीय पक्षले सडकमार्ग बनाएको भन्दै विरोध गर्ने नेपाल कम्युनिस्ट पार्टिका भातृ संगठन अनेरास्ववियूका विद्यार्थि नेताहरुलाई प्रहरीले पक्राउ गरि साँझ ७ बजे छोडेको छ ।


भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीविरुद्ध नारावाजी गर्दै युवाहरुले पुतला दहन थालेपछि प्रहरीले पक्राउ गरि रि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको थियो ।


भारतीय प्रधानमन्त्रि मोदिको पुतला दहन गर्न थालेपछि प्रहरीले अनेरास्ववियूका विद्यार्थी नेता लक्ष्मीनियाँ गाउँपालिका–१ बस्ने २५ वर्षीय आर.पी यादव, जनकपुरधाम उपनमा –७ बस्ने २४ वर्षीय आनन्द झा र २६ वषीय सुचिन्द्र यादव, जनकपुरधाम उमनपा–५ बस्ने २७ वर्षीय राजन झा, जनकपुरधाम उपमनपा–२१ वस्ने १९ वर्षीय मुखर्जी यादव, र २१ बस्ने रंजित यादव, जनकपुरधाम उमनपा–६ बस्ने २५ वर्षीय रितेश अधिकारीलाई पक्राउ गरेको थियो ।


फक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा साढे ३ घण्टा थुनुवामा राखेर साँझ ७ बजे रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए ।

धेरै पढिएको

ताजा समाचार