धनुषा र महोत्तीमा ४ जनामा कोरोनाको पुष्टि, एक जना पत्रकार


धनुषा, ०७७ बैशाख ३१ गते ।
धनुषामा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभएको छ । बैशाख ३० गते राति १० बजे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थप २६ को कोरोना संक्रमितमध्ये २ जना धनुषाका रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभएको छ ।


संक्रमित हुनेमा जनकपुरधाम उपमहानगरपालिका बस्ने ४० वर्षीय र मिथिला नगरपालिका–१० का २० वर्षीया रहेको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले बताउनुभयो ।

करिब एक हप्ताअघि पत्रकार महासंघ धनुषाबाट नेपाली सेनाको टोलीले २१ जना पत्रकारको स्वाब संकलन गरेर लगेको थियो । मिथिला नगरपालिकामा २४ जनाको स्वाव संकलन गरिएको थियो । संक्रमित पत्रकारको परिवार र कार्यालयमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।


महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामहीका ३५ वर्षीय पुरुष, त्यहिँका १६ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरमा बस्दै आएका थिए भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएका पाइएको छ । कोरोना भाइरसको संक्रमण देखिएका चारै जनालाई प्रादेशिक अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार