
धनुषा,०७७ जेठ २ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा ९ जना नयाँ थपिएको बताइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणअनुसार ९ जना नयाँं संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३, ५ का १८, २०, २२, २५, २५, २७, ३२, र ३६ वर्षीय पूरुषहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ थपिएका संक्रमितहरुको अवस्था सामान्य रहेको छ र उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको छ ।
