
धनुषा, ०७७ जेठ २ गते ।
धनुषाको शहीदनगरपालिकाको ३४ विद्यालयमा पाठयपुस्तक वितरण गरिएको छ । शहिदनगरपालिकाका मेयर उदयकुमार बरबरिया यादवको विशेष पहल र शिक्षा शाखाका स्रोत व्यक्ति धनेश्वर यादवको समन्वयमा शहिदनगरपालिकाका विद्यार्थीहरुले नयाँ पाठयपुस्तक पाएका छन् । नगरको ३४ विद्यालयको अधिकांश विद्यार्थीहरुको हातमा जेठ १ र २ गते पाठयपुस्तक पुगेको छ ।
नगरपालिकाको पहलमा खरिद गरि ल्याइएको नयाँ पाठयपुस्तक प्रत्येक विद्यालयलाई विद्यार्थी संख्याको आधारमा उपलब्ध गराएपछि विद्यालयहरुले आफना विद्यार्थीलाई वितरण गरेको मा वि विसरभोरा नाथपट्टीका प्रध्यनाध्यापक सुनिता यादवले बताउनुभयो ।

कक्षा ८ सम्मका विद्यार्थीहरुको हात हातमा किताव बाड्दै प्र.अ. यादवले आफनो शिक्षकहरुको फोन नम्बर समेत अभिभावक र विद्यार्थीलाई दिएको बताउनुभयो । विद्यार्थीहरुले नयाँ पाठयपुस्तक पाएपछि निकै खुशी भएको बताउँदै प्र.अ. यादवले भन्नुभयो, अभिभावकहरुले समेत विद्यार्थीहरुले नयाँ किताव पाएपछि घरमा पढ्ने गरेको बताउनुभयो ।
स्थानिय अभिभावक मनोज कुमार मण्डलका अनुसार सामाजिक दुरी कायम गरेर विद्यार्थीहरुलाई नयाँ पाठयपुस्तक उपलब्ध गराएकोमा आफुलाई खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो, लकडाउनको क्रममा विद्यार्थीहरु त्यतिकै घरमा बसि रहेको थियो, के पढ्ने के गर्ने दोधारमा रहेको वेलामा नगरपालिकाको पहल र समन्वयमा विद्यालयमार्फत पाठयपुस्तक वितरण गरिनु निकै सराहरणीय काम हो ।
अहिले नयाँ पाठयपुस्तक पाइ सकेपछि विद्यार्थीहरु उत्सुकताका साथ घरमा पढन जागरुक्क देखिएको बताउनुभयो ।
