एकाविहानै जनकपुरबाट दुःखद खवर, धनुषसागरबाट एक पुरुषको लास बरामद


धनुषा, ०७७ जेठ ४ गते ।
जनकपुरधाममा एका विहानै दुःखद खवर आएको छ । जनकपुरको राममंदिर अगागि रहेको धनुष सागर सरोवरमा एकजना अज्ञात पुरुषको शव तैरिरहेको अवस्थामा भेटिएको छ ।

मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदै छ ।


धनुषसागरमा भेटिएको एक पुरुष करिव ३५ वर्षदेखि माथिको देखिएको छ । पानीमा शव तैरिरहेको अवस्थामा फेला परेको छ ।

पुरुषले रातो भेष्ट, चप्पल र हाफ पैन्ट लगाएको छ । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


विस्तृत विवरण आउन बाँकी छ ।

धेरै पढिएको

ताजा समाचार