
धनुषा, ०७७ जेठ ४ गते ।
धनुषाको शहिदनगर नगरपालिकाले जेठ २ गतेदेखि आफनो पालिकामा रहेका दिर्घरोगीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै औषधी वितरणलाई कार्यलाई जेठ ४ गते समेत निरन्तरता दिएको छ ।
जेठ ४ गतेसम्म एक सय जना दिर्घ रोगीहरुलाई नगरपालिकाको तर्फबाट औषधी दिएको शहिदनगर नगरपालिका मेयर उदयकुमार बरवरिया यादवले बताउनुभएको छ ।
कोरोना भाइरसको कारणले चैत ११ गतेदेखि नेपाल सरकारले गरेको लकडाउनका कारण घरबाहिर जान नपाएर समस्यामा परेका ज्येष्ठ नागरिक, दिर्घरोगीहरुको तथ्याक संकलन गरेर घर घर र पायक पर्ने ठाउँबाट औषधी वितरण गर्दै आएको शहिदनगरपालिकाका मेयर उदयकुमारले बताउनुभयो ।

आफनो पालिकाका नागरिकहरुको स्वास्थ्यप्रति हामी सजग र प्रतिवद्ध छौं, लकडाउनको कारण बाहिर जान नसकेका दीर्घ रोगीहरु, डाइबेटीज, ब्लड प्रेसर, चीनी रोगीहरुको लागि नगरपालिकाबाट औषधी किनेर वितरण गर्दै आएको बताउनुभयो ।