
धनुषा, ०७७ जेठ ५ गते ।
विश्वभर कोरोना भाइरस कोभिड–१९ को महामारी फैलि रहेको वेलामा भारतले चौथो पटक लकडाउनको समयावधि थप गरेको छ ।
भारत सरकारले थप २ सप्ताहको लागि लकडाउनको घोषणा गर्दै ०७७ जेठ १८ गतेसम्म लकडाउनको अवधि लम्ब्याइएको छ ।
नेपाल सरकारले समेत चौथो पटक १५ दिनको लागि लकडाउनको समय बढाउँदै ०७७ जेठ २० गतेसम्म लकडाउन कायम रहने जनाएको छ । नेपालमा समेत अहिलेसम्म २ जनाको मृत्यु भएसंगै करिव ३ सय व्यक्ति संक्रमित भई सकेका छन् ।
नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढी रहेकाले गर्दा लकडाउनलाई निरन्तरता दिनुको विकल्प नभएको बताएका छन् ।
यता, भारत सरकारको राष्ट्रिय आपत प्रबन्धन प्राधिकरण (एनडीएमए) ले केन्द्रीय र राज्य मन्त्रालय, विभाग र प्राधिकरणलाई ३१ मे अर्थात १८ जेठसम्म लकडाउन लम्ब्याउन निर्देशन दिएको छ ।