• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को विकास खर्च निराशजनक

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २२, २०७६, १:०७ PM
0

रोहित महतो मंसिर २२, २०७६ |

जनकपुरधाम । आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा विकास बजेटको १ प्रतिशत रकमसमेत खर्चिन सकेको छैन।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो ४ महिनामा सरकारले विकास (पुँजीगत) बजेट ०.८३ प्रतिशत मात्र खर्च गरेको छ।

आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख, चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख र वित्तीय व्यवस्थातर्फ २० करोड गरी कूल ३८ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये प्रदेश सरकारले कात्तिक मसान्तसम्म पुँजीगततर्फ १५ करोड ८९ लाख र चालुतर्फ ७५ करोड ९४ लाख गरी कूल ९१ करोड ८४ लाख रुपैयाँ खर्च गरेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दोस्रो चौमासिकमा खर्चको ग्राफ बढाउने नीतिका साथ काम भइरहेको जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्जुन न्यौपानेले पहिलो चौमासिकमा खर्च कम हुनु स्वाभाविक भएको दाबी गरे। उनले बजेटलाई प्रक्रियामा ल्याउन समय लाग्ने भएकाले कम खर्च भएको बताए।

‘कानुनले अख्तियारी दिन बाध्यकारी बनाए पनि मन्त्रालयहरूले ठेक्कापट्टा नलगाउँदा पहिलो चौमासिकमा थोरै मात्र बजेट खर्च हुन सक्यो,’ उनले भने। विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले पहिलो चौमासिकमा चालु खर्चसमेत ३.९४ प्रतिशतभन्दा बढाउन सकेको छैन।

कुन जिल्लामा कति खर्च ?

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले कात्तिक मसान्तसम्म पुँजीगततर्फ धनुषामा कूल बजेटको सबैभन्दा कम १.५७ प्रतिशत रकम खर्च गरेको छ।

सर्लाहीमा चालु आवका लागि विनियोजित ९८ करोड ९४ लाख बजेटमध्ये ५ करोड ५८ लाख रुपैयाँ मात्र खर्च गरेको छ, जुन विनियोजित बजेटको ५.६५ प्रतिशत हो।

रौतहटमा कूल ८८ करोड ३६ लाख विनियोजन गरिएकोमा कात्तिकसम्म ५ करोड ८३ लाख रुपैयाँ मात्र खर्र्च भएको तथ्याङ्क छ। यो रौतहटमा विनियोजित बजेटको ६.६० प्रतिशत मात्र हो।

यसैगरी बारामा कूल ७५ करोड ४८ लाख बजेट विनियोजन गरिएकोमा ६.६२ प्रतिशतमात्र खर्च भएको छ। सप्तरीमा कूल विनियोजित बजेटमध्ये ७ प्रतिशत, महोत्तरीमा ७.९८ प्रतिशत, सिरहामा ९.८५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In