छोटो समयमा आइसोलेशन वार्ड निमार्णले समस्या, सुधार गर्दै जाने अस्पताल स्रोत


धनुषा, ०७७ जेठ ५ गते ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन वार्ड निर्माण तथा ब्यवस्थापन छोटो समयमा गरिएकोले प्राविधिक समस्याहरु आएको अस्पतालका बरिष्ठ चिकित्सक डा. जामुन सिंहले बताउनुभएको छ । बैशाख ३ गतेबाट अस्पतालमा आइसोलेशन वार्ड निमार्ण गर्दा सुरु गरिएको डा.सिंहले बताउनुभयो ।


नयाँ वार्ड तथा नयाँ किसिमको बिमारीका लागि सुरुकै दिनमा आवश्यक चाहे जतिको सवै कुरा एकै पटक पुरा गर्न नसकिएको भएपनि आवश्यकता अनुसारको आवश्यक कुराहरुको परिपूर्ति गरिदै आएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।


पहिला नै निमार्ण गरिएको पुरानो भवनमा सबै आधुनिक कुरा इच्छा अनुसार राख्न भवन तोड्फोड गर्नुपर्ने र सो तत्कालै सम्भव समेत नहुने भएकाले सबै बिरामीलाई बततबअजभम दबतजचययm दिन नसकेको हो ।

आइसोलेशन वार्डमा ४२ बेडको लागी १० वटा शौचालय रहेको छ । हरेक कोठामा पर्याप्त उज्यालो र प्रशस्त हावादारसहितको भेन्टिलेशन भएको कोठाको व्यवस्थापन गरिएको डा.जामुन सिंहले बताउनुभयो ।


आइसोलेशन वार्डमा भर्ना हुने कोरोना संक्रमितहरुको लागि खानाको ब्यवस्था प्रादेशिक अस्पतालकै पोषण बिभागलाई जिम्मा दिइएको छ । खानाको सम्पुर्ण ब्यवस्थापन पोषण विभागले नै गर्ने गरेको अस्पताल स्रोतले जनाएको छ ।


पानीको लागी बत्रगबनगबचम को व्यवस्था आइसोलेशन भित्रै गरिएको छ । तातो पानीको लागी बिरामीको माग अनुसार २४ सै घन्टा ब्यवस्था गरिएको छ । अरु पनि धेरै कुरा ब्यवस्था गर्न बाँकी रहेकाले विस्तारै सवै व्यवस्थान गर्नमा अस्पताल स्रोत लागेको अस्पतालले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार