धनुषाको पत्रकारसहित ४६ जनाको स्वाव संकलन


धनुषा, ०७७ जेठ ५ गते
धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरिएको छ ।

संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण पत्रकार महासंघ धनुषाको भवनमा गरिएको छ ।


नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले संक्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिनुभएको छ ।


यता, बटेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६ जनाको समेत जेठ ५ गते नै स्वाव संकलन गरिएको छ । क्वारेन्टाइनमा रहेका १६ जनाको दिउँसो स्वाव संकलन गरिएको बटेश्वर गाउँपालिकाले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार